समृद्धिको सारथी बन्छु : विद्या भट्टराई

३ मंसिर ७६, बुधबार

४ मंसिर, पोखरा ।

कास्की निर्वाचन क्षेत्र नं– २ मा यही मङ्सिर १४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपाका उम्मेदवार विद्या भट्टराई अधिकारीले नेकपाले अघि सारेको देश विकासको महाअभियानको आफू सारथी बन्ने बताएका छन् ।

चुनावी घरदैलोका क्रममा स्वर्गीय रवीन्द्र अधिकारीको गाउँ पोखरा–३३ भरतपोखरी पुग्नुभएकी उनले आज तल्लो पुँडिटारमा आयोजित चुनावी कोणसभामा पार्टी र सरकारको अभियानमा आपूm समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन् ।

Advertisement

पोखराको समग्र विकासमा रवीन्द्रको ठूलो योगदान रहेको चर्चा गर्दै उनले रवीन्द्रको नेतृत्वमा अघि बढेका कयौं योजनाको कार्यान्वयन भइरहेका छन्, कयौं अझै बाँकी छन्, ती सबै योजना पूरा गर्नका लागि पार्टीले उम्मेदवार बनाएको हो ती अधुरा योजना पूरा गर्ने बताइन् ।

नेकपा कास्कीका अध्यक्ष एवं निर्वाचन परिचालन समितिका संयोजक कृष्ण थापाले उच्च उत्साहका साथ आफूहरु चुनावमा होमिएको भन्दै रवीन्द्रको नेतृत्वमा नेकपाले अघिल्लो चुनावमा सार्वजनिक गरिएको घोषणापत्र पूरा गर्न प्रतिबद्ध रहेको बताए ।

Advertisement

प्रदेशसभा सदस्यसमेत रहेका थापाले आफू पनि भरतपोखरी क्षेत्रको जनप्रतिनिधि भएको बताउँदै अव विद्यासँग सहकार्य गरेर विकासको मूल फुटाउँदै समृद्धिको यात्रामा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

पोखरा ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्य, युवा नेता रश्मी आचार्य, नेकपा पोखरा ३३ का वडाध्यक्ष गुरुप्रसाद क्रान्तिकारी, सचिव गोपाल पुनले नेकपाको नेतृत्वमा समृद्धिकोयात्रा पूरा गर्न विद्यालाई जिताउनुपर्नेमा जोड दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top