गोकर्ण विष्टले भने : ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ

५ मंसिर, काठमाडौं ।
निवर्तमान श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन्। मन्त्रीबाट हटेपछि बिहीबार बिहान फेसबुकमा स्टाटस लेख्दै उनले वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकको पक्षमा इमानदारीपूर्वक काम गरेको प्रतिक्रिया दिएका छन्।

‘जति दिन श्रममन्त्रीको रुपमा रहेँ– वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरु, पसिनाको मूल्य नपाएका श्रमिकहरु र वेरोजगार युवाहरुको पक्षमा इमानदारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेँ।’ विष्टले लेखेका छन्,‘अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ।’

https://www.facebook.com/Gokarna.bistauml/posts/2940089469344006

Advertisement

प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका थिए । मन्त्री पदबाट हटेपछि उनले सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरुलाई धन्यवादसमेत दिएका छन्। विष्टलाई हटाएर प्रधानमन्त्रीले उनको स्थानमा रामेश्वरराय यादव श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री बनाएका छन्। सामाजिक संजालमा मन्त्री विष्ट योग्य हुँदाहुँदै पनि हटाइएको भन्दै चर्को आलोचना भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top