शान्ति प्रकृयालाई टुंगोमा पु¥याउने गृहमन्त्रीको प्रतिवद्धता

७ मंसिर, काठमाडौँ ।
गृहमन्त्री रामबहादुर थापाले सरकार शान्ति प्रकृयालाई टुंगोमा पु¥याउन प्रतिवद्ध रहेको बताएका छन् । नेपाली जनताको एकतालाई अझ सुधृढ गर्नको निम्ति सरकारले शान्ति प्रकृयालाई छिट्टै टुङ्ग्याउने गरी काम गरिरहेको जानकारी गृहमन्त्री थापाले दिए ।

शनिबार काठमाडौंमा आयोजित ‘अन्तर्राष्ट्रिय बैद्ध एकता सम्मेलन’लाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारले राखेको समृद्ध नेपाल सुखी नेपालीको आकांक्षालाई हासिल गर्न पनि शान्ति आवश्यक रहेको बताए । गृह मन्त्री थापाले देशमा अशान्ति फैलाउने तत्वहरु देखिएपनि सरकार शान्ति सुव्यवस्था कायम गर्न सक्षम रहेको समेत बताए ।

उनले सरकारले सुशासन र राष्ट्रिय एकतालाई जोड दिएकाले यसलाई प्राप्त गर्न भगवान बुद्धका सन्देशलाई आत्मसाथ गर्नुपर्ने बताए । सम्मेलनमा नेपाली कांग्रेसका नेता तथा सांसद भिमसेनदास प्रधानले बुद्धका सन्देशहरुलाई सरकार तथा राजनीतिक दलहरुले आत्मसाथ गर्न सके मुलुकमा शान्ति कायम रहने बताए । विभिन्न देशबाट सहभागि रहेका बौद्ध भिच्छु लामाहरुको यो सम्मेलन दुई दिन सम्म चल्ने छ ।

Advertisement
Advertisement

भर्खरको समाचार

इन्डोनेसियामा अमेरिकी कालो छाँया, पुनः विरोध प्रदर्शन सुरु

1

के साँच्चै नै हुँदैन त संविधान संशोधन?

Sambidhan

प्रधानमन्त्री र मन्त्रीहरुलाई आफ्नै बोलीले बितायो,बालेन,स्वर्णिमपछि सुनिल

sunil

फिफा विश्वकपःडिशहोममार्फत मोबाइल र टेलिभिजन दुवैमा प्रत्यक्ष प्रसारण हेर्न सकिने

Picture1

ब्राजिलमा २ हेलिकप्टर ठोक्किँदा अमेरिकी गायक ट्रीसहित ६ जनाको मृत्यु

Screenshot 2026-06-15 143753

नेपाल कसरी बन्दैछ खनिजको नयाँ हब? युरेनियमदेखि ग्याससम्मको योजना

fdbe43fd-b262-43e6-9414-b3b7aa0e50c5

स्टाटस लेखिदेऊ भनेका थिए ओलीले,विष्णु पौडेलले रोकेका थिए

kp-oli-sad

आज वाङ यीसँग वार्ता गर्दै परराष्ट्रमन्त्री खनाल, चार एजेन्डा

Screenshot 2026-06-15 131250

अल्टिमा लाइफस्टाइलले नेपालमा आफ्नो पहिलो कराओके स्पिकर ‘अल्टिमा बुमबक्स १३०’ सार्वजनिक गर्दै, असार २ गतेदेखि बिक्री सुरु

ultima

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top