साग महिला क्रिकेटमा ४ टोली मात्रै

साग महिला क्रिकेटमा ४ टोली मात्रै

७ मंसिर, काठमाडौं ।
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । साग महिला क्रिकेट टोलीमा दुई टेष्ट र दुई एसोसियट गरि ४ टोलीको मात्रै सहभागिता रहने छ ।

टेष्ट टोली श्रीलंका र बंगलादेश तथा नेपाल र माल्दिभ्सको महिला टोलीको सहभागिता रहने छ ।  खेल लिग चरणमा हुने छ । यस अघि समुहमा विभाजन गरेपनि भारत र पाकिस्तानले सहभागिता नलिने भएपछि चार टोलीलाई लिगमा प्रतिस्पर्धा गराउन लागिएको हो ।

पोखरा रंगशालामा हुने खेलमा नेपाली महिला टोलीले पहिलो खेल माल्दिभ्ससँग मंसिर १६ मा, बंगलादेशसँग मंसिर १८ मा र मंसिर २० मा श्रीलंकासँग खेल्ने छ । तेस्रो र चौथो स्थानमा रहने टोलीले कास्य पदकको लागि मंसिर २१ मा प्रतिस्पर्धा गर्ने छन् । लिग चरण पछि शीर्ष दुई टोली मंसिर २२ मा स्वर्ण पदकको लागि प्रतिस्पर्धा गर्ने छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.