भरतपुरको महाबौद्ध गुम्बाको मूर्ति चोरी

भरतपुरको महाबौद्ध गुम्बाको मूर्ति चोरी

८ मंसिर, भरतपुर । भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा गएराति मूर्ति चोरी भएको छ ।

सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र सेफ (गोप्य दानपेटिका) फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन् । गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन् ।

गुम्बाको सेफ तीन वर्षदेखि खोलिएको थिएन । उनले दानपेटिकामा लाखौँ रुपैयाँ रहेको बताइन् । बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.