काम नगर्ने निर्माण कम्पनीको ठेक्का खोस्न प्रधानमन्त्रीको निर्देशन

१० मंसिर, काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले काम नगर्ने र क्षमता भन्दा बढी ठेक्का लिने निर्माण कम्पनीलाई ठेक्का सम्झौता नगर्न निर्देशन दिएका छन् । सिंहदरबारमा सोमबार भएको मन्त्रालयगत चौमासिक समीक्षा वैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलिले सामाथ्र्य नभएका निर्माण कम्पनिहरुलाई ठेक्का दिनु नहुने बताएका हुन् ।

बैठकमा मन्त्रालय मातहत निकायका विकास आयोजनाको कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले आगामी १५ दिनभित्र सम्पूर्ण ठेक्काको विवरण तयार गर्न सम्बन्धित मन्त्रालयका सचिवहरुलाई निर्देशन पनि दिए ।

प्रधानमन्त्री आलीले धेरै ठेक्का लिएर काम अलपत्र पार्नेलाई अयोग्य बनाउदै भन्दै त्यस्ता ठेकेदारलाई हटाई अर्को सक्षमलाई जिम्मेवारी दिइनुपर्ने बताए । प्रधानमन्त्री ओलीले सुशासन र विकास मार्फत राजीतिमा आएको परिवर्तनको अनुभूति जनतामा गराउनु सक्नुपर्छ भन्दै मुलुकका सम्पूर्ण क्षेत्रमा देखिनेगरी सुधार गर्नुपर्ने बताए । उनले सुधार गर्दा कानूनले नरोक्ने प्रष्ट गरे ।

यस्तै प्रधानमन्त्री ओलीले अनुदान रकमको सम्पुर्ण विवरण बुझाउन सबै मन्त्रालयहरुलाई निर्देशन दिए । प्रधानमन्त्री ओलिलृ नीति एकातर्फ, बजेट अर्कोतर्फ र कार्यक्रम अर्कोतर्फ रहेको प्रवृत्तिकाबारेमा औंल्याउदै स्रोत निश्चित नभएका, नीति तथा कार्यक्रम र बजेटमा नपरेका परियोजनामा खर्च गर्ने तथा बजेट विनियोजन भएका कार्यक्रमका रकम अलपत्र पार्ने प्रवृत्ति दोहोरिन नदिन सचेत गराए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top