सागमा १८ हजार सुरक्षाकर्मी परिचालन गरिने

१० मंसिर, काठमाडौँ । 

दक्षिण एशियाली राष्ट्रहरुको खेलकूदको कुम्भमेला १३औँ दक्षिण एशियाली खेलकूद (साग) लाई व्यवस्थित र शान्तिपूर्ण बनाउन चारवटै सुरक्षा निकायको समन्वयमा आवश्यक सुरक्षा प्रबन्ध गरिएको छ ।

साग खेलकूद आयोजना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७६ अनुसार प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको संयोजकत्वमा बनेको साग सुरक्षा समन्वय समितिले चुस्त सुरक्षा व्यवस्था मिलाएको छ ।

Advertisement

समितिमा नेपाली सेनाका सहायक रथी हिमांशु खड्का, नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक दीपककुमार थापा, सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रसाद गौतम, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक लक्ष्मण गुरुङ र राष्ट्रिय खेलकूद परिषद् (राखेप) का प्रतिनिधि सरस्वती केसी र खगेन्द्र पौडेल रहेका छन् ।

मुलुकको विभिन्न जिल्लामा यही मङ्सिर १५ देखि २४ गतेसम्म साग आयोजना हुँदैछ । ‘शान्ति, मित्रता र समृद्धि’को नारासहित आयोजना हुन लागेको प्रतियोगितालाई ऐतिहासिक र अविस्मरणीय बनाउन उक्त समितिले खेलकूद विशेष सुरक्षा योजना बनाएर आवश्यक सुरक्षाकर्मी परिचालन गरिसकेको छ ।

Advertisement

यसपटकको साग सुरक्षाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धानका १८ हजार बढी सुरक्षाकर्मी परिचालन हुँदैछन । नेपाल प्रहरीबाट मात्रै १० हजार बढी सुरक्षाकर्मी परिचालन हुने केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । सुरक्षाका लागि जिल्लाबाट समेत प्रहरी झिकाइएको छ ।

पोखरेलले भने, ‘नेपालमा सुरक्षाको चुनौती खासै छैन, सानातिना आउनसक्ने चुनौतीको विश्लेषण गरेर खेल हुने स्थानसहित विमानस्थलदेखि आवासस्थलसम्मको सुरक्षा प्रबन्ध गरिएको छ, खेलस्थलमा दर्शकबीच पक्ष विपक्षमा हुन सक्ने सम्भावित गतिविधिको उच्च निगरानी राखेर सोहीअनुसारको सुरक्षा मिलाइनेछ ।’

साग सुरक्षामा सशस्त्र प्रहरीको तर्फबाट मात्रै पाँच हजार बढी खटाइने सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता प्रहरी नायब महानिरीक्षक सुरजकुमार श्रेष्ठले जानकारी दिए । तीन हजार बढी नेपाली सेना खटिनेछन् । नेपाल भ्रमण वर्ष २०२० को पूर्वसन्ध्यामा प्रतियोगिता हुन लागेकाले शान्ति सुरक्षालाई महत्वका साथ हेरिएको छ ।

यसपटक काठमाडौँ, ललितपुर, कास्की र धनुषा जिल्लाका ३० खेलस्थलमा २६ खेल सञ्चालन हुनेछ । काठमाडौँको १२, ललितपुरको ९ र पोखराको आठ तथा जनकपुरको एक स्थानमा खेल हुने छ । सबै क्षेत्रमा आवश्यकतानुसार सुरक्षाकर्मी परिचालन गरिएको छ ।

यसपटकको खेलमा भलिबल, फुटबल, क्रिकेट, ब्याडमिन्टन, बक्सिङ, तेक्वान्दो, लनटेनिस, ह्यान्डबल, गल्फ, जुडो, कराँते, कबड्डी, खोखो, सुटिङ, स्क्वास, पौडी, टेबलटेनिस, ट्रायथलन, भारोत्तोलन, कुस्ती, उसु, आर्चरी, एथलेटिक्स, बास्केटबल, साइक्लिङ र फेन्सिङ समावेश गरिएको जनाइएको छ ।

अन्तिम समयमा प्याराग्लाइडिङ खेललाई हटाएको छ । खेलमा नेपाली ६४८ सहित तीन हजार २२८ खेलाली सहभागी हुने जनाइएको छ । सागका ९ खेल पोखरा, १ खेल जनकपुर र बाँकी खेल काठमाडौँ तथा ललितपुरमा हुनेछन् । नेपालले सबै खेलमा सहभागिता जनाउने छ ।

खेलमा आयोजक प्रतिनिधि, निर्णायक मण्डलसहित दुई हजार २०९ जना सहभागी हुने छन् । दुई हजार स्वयंसेवक परिचालन हुने जनाइएको छ । सन् १९८४ मा पहिलोपटक नेपालबाट सागको शुरुआत भएको हो । सन् १९९९ मा तेस्रो संस्करणको आयोजनापछि यसपटक नवौँ संस्करण नेपालमा आयोजना भएको हो । सागमा कूल ३२४ स्वर्ण, ३२४ रजत तथा ४८७ कास्यका लागि प्रतिस्पर्धा हुनेछ ।

खेलको कृष्णसार आकृतिमा मस्कट तयार गरिएको हो । हरेक दुई वर्षमा आयोजना हुने प्रतियोगिता विसं २०७२ को विनाशकारी भूकम्पका कारण हुन सकेको थिएन । प्रतियोगितालाई ध्यानमा राखेर अहिले पूर्वाधार निर्माण, खेलस्थलको सौन्दर्यकरणको काम जारी छ ।

धेरै खेलाडीको सहभागिताले उपत्यकाको ट्राफिक व्यवस्थापनमा चुनौतीपूर्ण रहने विश्लेषण गरेर महानगरीय ट्राफिक प्रहरी महाशाखाले खेलकै लागि ७०० ट्राफिक प्रहरी खटाएर यातायात व्यवस्थापन गर्ने महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए ।

उद्घाटन र समापनको दिनमा हुने भीड व्यवस्थापनका लागि छिट्टै बाटो निर्धारण गरेर सर्वसाधारणलाई अपिल गरिने उनले बताए । उक्त समयमा मुख्य सडकको ट्राफिक कम गर्न भित्री सडक तथा कोरिडोर खुला गर्न लागिएको प्रहरीले जनाएको छ ।–नारायण ढुङ्गाना/रासस

Advertisement

भर्खरको समाचार

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

इ–पासपोर्ट खरिद प्रक्रियामा आरजु राणा पनि अख्तियारको दायरामा

aarju

पासपोर्ट खरिद प्रकरणःदेउवा पुत्रको खोजी, ४ जर्मन प्रतिनिधिलाई बोलाइयो

passport

बालेनले भ्रष्टाचारको छानविन गर्न अख्तियार प्रमुख थुनेका हुन् ? विपक्षीले घेरे

42d7ef3b-93be-40c8-b552-3bd4e09919d9

ह्यारी केन,जसले आफ्नो कथा आफै लेखे

AFP__20260617__B7G324B__v1__MidRes__FblWc2026Match22EngCro-1781734047

सम्बन्धित समाचार

Scroll to Top