टुटल पठाओलाई नरोक्न यातायातमन्त्रीको निर्देशन

११ मंसिर, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले टुटल पठाओलाई नरोक्न निर्देशन दिएका छन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक, निर्देशक, मन्त्रालयका सचिव, सहसचिव लगायतसँगको बैठकमा मन्त्री नेम्वाङले कानुन नबनुन्जेल यस्ता सेवालाई यथास्थितिमा चल्न दिन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता राजेश्वर ज्ञवालीले जानकारी दिए ।

यातायात व्यवस्था विभागले गत ३ गते सूचना जारी गर्दै एउटा प्रयोजनको सवारी साधन अर्को प्रयोजनमा प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनी दिएको थियो ।

Advertisement

यो सूचनापश्चात् ट्याक्सी चालकहरूले घेरा हालेर टुटल पठाओ चालकहरूलाई दुर्व्यवहार गर्ने र ट्राफिकलाई बुझाउने गरेका थिए। त्यस्तै मंगलबार ट्याक्सी व्यवसायीहरूले पत्रकार सम्मेलन गर्दै सरकारले टुटल पठाओजस्ता सेवालाई संरक्षण गरे सरकारसँगै लड्न तयार भएको चेतावनी दिएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top