कोशी कटानदेखि भारतसम्मको सडक अब कालेपत्रे हुने

कोशी कटानदेखि भारतसम्मको सडक अब कालेपत्रे हुने

११ मंसिर, विराटनगर ।
सुनसरीको कोशी गाउँपालिकाबाट भारतीय सीमा जोड्ने सडक अब कालोपत्रे हुने भएको छ । महेन्द्र राजमार्गस्थित सुनसरीको कोशी गाउँपालिका–४ कोशीकटानबाट भारतीय सीमा विरपुर लाहीसम्मको सडकको कालोपत्रे शिलन्यास गरिएको छ ।

कोशीकटानबाट वडा नम्बर ६ हुँदै विरपुर लाहीसम्मको सो सडक बुधबार प्रदेश १ काउद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीश कुसियतले शिलन्यास गरेका हुन् । ढलसहित ५० फिटको निर्माण गरी कालोपत्रे गरिने सो सडकका लागि ३० करोड बजेट विनियोजन गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.