नेपाली राष्ट्रिय ध्वजावाहक पानीजहाज अव विदेशी समुद्रमा

११ मंसिर ७६, बिहीबार

१२ मंसिर, काठमाडौँ । तेस्रो मुलुकसँग व्यापार तथा पारवहनमा पहुँच विस्तार गर्न नेपालको राष्ट्रिय झण्डासहितको पानीजहाज सञ्चालन गर्न भारतसँग सहमति भएको खबर राजधानी दैनिकमा छापिएको छ ।

राजधानीमा बुधबार सम्पन्न नेपाल भारत पारवहन सन्धि पुनरावलोकन द्धिपक्षीय बैठकमा यस्तो सहमति भएको हो ।

नेपाली झण्डासहितको पानीजहाज सञ्चालनपछि आयात निर्यातमा नेपालको पहिचान झल्किने विश्वास गरिएको छ ।

Advertisement

नेपालको पारवहन तथा आन्तरिक जलमार्ग उपयोग गर्न नेपाल भारत पारवहन सन्धि प्रोटोकलमा जलमार्ग एवम् बहुविधिक रुट दुवानी प्रक्रिया र व्यवस्था तथा भन्सार सहजीकरण सहमति भएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top