१२ मंसिर, उदयपुर । उदयपुर बेलका–३ सातपत्रे स्थानबाट १९ बर्षीय मनोज खत्री हतियारसहित पक्राउ परेका छन् ।
ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिलाबाट खटिएको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल र १ राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो ।
बुधबार राती साढे ९ बजे सातपत्रेबाट रामपुर तर्फ आउदै गरेको स १ त ७४४० नम्बरको ट्याक्टरलाई रोकी सोही ट्याक्टरमा काम गर्ने १८ बर्षीय विश्व खड्कालाई ट्याक्टरबाट ओराली हातपात गर्दै कटुवा पेस्तोल समेत देखाई अपहरण शैलीमा एकान्त स्थान तर्फ लैजादै गरेको अवस्थामा खत्रीलाई पेस्तोलसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।