प्रधानमन्त्रीको उपस्थितिविनै त्रिवि सिनेट बैठक बस्दै

प्रधानमन्त्रीको उपस्थितिविनै त्रिवि सिनेट बैठक बस्दै

१२ मंसिर, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले सिनेट बैठक बोलाएको छ । कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबारदेखि उपचारत छन्। तर उनको उपस्थितिविनै सिनेट बैठक बस्न लागेको हो।

त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले प्रधानमन्त्रीकै सहमतिमा सिनेट बैठक डाकिएको जानकारी दिए। विश्वविद्यालयको ऐनअनुसार कुलपति नभए सहकुलपति र उनी पनि उपस्थित हुन नसक्ने भए सिनेट बैठक राख्न सक्ने अधिकार उपकुलपतिलाई दिएको बाँस्कोटाले जानकारी दिए।

गत असारमै हुनुपर्ने सिनेट बैठक अहिलेसम्म बस्न सकेको थिएन। यसअघिका कुलपति तीर्थ खनियाँको भदौ ६ गते चार वर्षे कार्यकाल सकिएको थियो। त्यसपछि गत महिना प्रधानमन्त्री ओलीले उपकुलपतिमा बाँस्कोटालाई नियुक्त गरेका थिए।

सिनेट बैठक बस्न ढिलाइ भएपछि त्रिविको वार्षिक बजेट पारित हुन सकेको थिएन। बजेट पास नहुँदा शैक्षिक, प्रशासनिक र आर्थिक गतिविधि प्रभावित बनेका थिए।

त्रिविले करिब १६ हजार प्राध्यापक र कर्मचारीलाई पेश्कीका भरमा तलबलगायत सेवा सुविधा दिइरहेको थियो। उनले सिनेट बैठक नबस्दा तलब खुवाउनभन्दा पनि विकास बजेट खर्च गर्न गाह्रो भइरहेको जानकारी दिए।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.