धरानमा नेकपा र कांग्रेसविच कडा टक्कर, मतगणना जारी

धरानमा नेकपा र कांग्रेसविच कडा टक्कर, मतगणना जारी

१५ मंसिर, धरान । धरान उपमहानगरपालिकाको मेयरका लागि शनिबार भएको उपनिर्वाचनको मतपरिणाम जारी छ ।

पछिल्लो प्राप्त मतपरिणाम अनुसार झन्डै १० हजार मत गणना भइसक्दा त्यहाँ नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका उम्मेदवारबीच कडा टक्कर देखिएको छ ।

नेकपाका उम्मेदवार प्रकाश राई कांग्रेस उम्मेदवार तिलक राईभन्दा झिनो मतले अगाडि छन् । प्रकाशले ४५७४ मत पाएका छन् भने तिलकले ४५१७ मत पाएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अम्बरबहादुर लिम्बुले १६४ मत पाएका छन् । शनिबार भएको उपनिर्वाचनमा ५५ हजार ११ मत खसेको थियो । मतगणना अहिले जारी छ ।

यसअघि २०७४ मा भएको चुनावमा धरानमा तत्कालीन एमालेका उम्मेदवार विजयी भएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.