कास्की-२ अपडेट : विद्याको अग्रता दोब्बर

कास्की-२ अपडेट :  विद्याको अग्रता दोब्बर

१५ मंसिर, पोखरा ।
कास्की–२ मा सुरुदेखि अग्रता लिएकी सत्तारूढ नेकपाकी उम्मेदवार विद्या भट्टराईले अग्रता बढाएर दोब्बर पुर्‍याएकी छन् । जारी मतगणनामा ११ हजार ८ सय ३६ मत ल्याउँदै नेकपा उम्मेदवार भट्टराईले कांग्रस उमेद्धारसँग आफ्नो मतान्तर दोब्बर बनाएकी हुन् ।

विद्यालाई सुरुदेखि नै पछ्याइरहेका कांग्रेसका खेमराज पौडेलले अहिलेसम्म ५ हजार ८ मत ४६ हासिल गरेका छन् । अहिलेसम्म महानगरपालिकाका १७, २०, २१ र ३३ को मतगणना सकिइसकेको छ ।कास्की–२ को मतगणना पोखरा महानगरपालिकाबाट भइरहेको छ ।

गणना आजै रातिसम्ममा सकिने अनुमान गरिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.