प्रधानमन्त्रीद्वारा अस्पतालबाट भिडियो सन्देश : ‘म कुरा गर्न र समाचार पढ्न सक्छु’

प्रधानमन्त्रीद्वारा अस्पतालबाट भिडियो सन्देश : ‘म कुरा गर्न र समाचार पढ्न सक्छु’

१६ मंसिर, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै आफ्नो स्वास्थ्य बारे जानकारी दिन भिडियो सन्देश जारी गरेका छन् । सन्देशमा आफ्नो स्वस्थ्य सुधार भईरहेको र उपचार राम्ररी अगाडि बढेको बताएका छन् ।

प्रधानमन्त्रीको आधिकारीक वेभसाइटमा ट्वीट मार्फत जारी भिडियो सन्देशमा प्रधामन्त्री ओलीले आफू अहिले साथिभाइहरूसँग कुरा गर्न, समाचारहरू हेर्न सक्ने अबस्थामा रहेको बताएका छन् ।

सन्देशमा प्रधानमन्त्रीले आफूले आइतबारको साफ खेलकुद लाइभ हेरेको र साफको उद्घाटन सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै उद्घाटन गरिदिनु भएकोमा राष्ट्रपति विद्यादेवी भण्डारी तथा सहभागी सबैलाई धन्यवाद ब्यक्त गरेका छन् ।

‘हुनसक्छ कि सक्दैन भन्ने द्विविधा समाप्त भएकामा खुसी लाग्या छ’ उनले भनेका छन्, ‘मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन म नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरु, सबैलाई आग्रह गर्दछु ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.