घरबाट हराएका बृद्ध जंगलमा मृत फेला

घरबाट हराएका बृद्ध जंगलमा मृत फेला

१८ मंसिर, खाटाङ ।
खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ देउराली स्थित जंगलमा सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका–४ काउले बस्ने ६० बर्षिय टंक बहादुर राई मृत अवस्थामा फेला परेका छन् ।

गत १४ गते घरबाट घरमा कोही कसैलाई जानकारी नगराई हिँडेका उनलाई खोजतलाश गर्दै जाने क्रममा आफन्तले मंगलबार साझँ साढे ५ बजेको समयमा उक्त जंगलमा मृत अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटनाबारे ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको प्रहरीको टोलीले आवश्यक कानूनी प्रकृया पुरा गर्नुका साथै थप अनुसन्धान कार्य गरीरहेको कार्यालयले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.