×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

दिनभरका प्रमुख खबरहरु

१९ मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(प्रधानमन्त्री डिस्चार्ज)
प्रधानमन्त्री केपी शर्मा ओली एपेन्डिसाइटिसको शल्यक्रियापछि पूर्ण स्वास्थ्यलाभ गरेर डिस्चार्ज /डिस्चार्ज हुनुअघि प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीवीच अस्पतालमा भेटवार्ता ।

Advertisement
Advertisement

२.(अन्यायमा विद्यार्थी !)
एमबिबिएसको परीक्षा बहिस्कार गरी बाहिर निस्किने क्रममा नौ जना विद्यार्थी गण्डकी मेडिकल कलेजबाट पक्राउ / प्रश्नपत्र च्यातेर बाहिर निस्किने क्रममा प्रहरीले धरपकड गरी विद्यार्थीलाई समातेको विद्यार्थीको भनाई ।

३.(पुष्पकमल अनसन बस्ने)
समयमै बाटो बनेन भने आफू साँच्चै अनशन बस्ने सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालको भनाई /सामान्य बाटो पनि नबनेर वर्षौदेखि जनताले दुःख पाइरहने अवस्था रहेको उल्लेख ।

४.(धरहराको रफ्तार)
भूकम्पबाट क्षतिग्रस्त धरहराको पुननिर्माण तिव्रगतिमा अगाडी बढेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई / अहिलेसम्म ३२ प्रतिशत काम सम्पन्न /अब हरेक २ हप्तामा १ तला बनाउने ।

५.(न्यायमा भनसुन)
न्यायपरिषद्कै सदस्यलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गर्ने तयारी भइरहेको भन्दै नेपाल बारको गम्भीर असन्तुष्टि /न्यायपरिषद्का सदस्यलाई न्यायाधीश नियुक्ति गर्ने पद्धत्ति गलत भएको भन्दै सफारिस रोक्न माग ।

६.(मुख्यमन्त्रीको बुझाई)
राजनीतिज्ञहरुले जनतालाई राज्य निर्माणमा भएका कामहरु बताउन नसक्दा आलोचना बढ्दै गएको प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको भनाई /आर्थिक वृद्धि ५ प्रतिशत भन्दा कम हुने प्रक्षेपण हुन आलोचनात्मक सोच ।

७.(हतारको विधेयक)
नेपाल इन्जिनियरिङ परिषद् विधेयक २०७६ लाई पुनर्लेखन गर्न संसदको विधायन व्यवस्थापन समितिको सरकारलाई निर्देशन /सरकारले विश्वविद्यालय ऐनसँग बाझिने गरी विधेयक ल्याएको भन्दै आलोचना ।

८.(भिडियो प्रमाण)
प्रमाण ऐन २०३१ लाई परिमार्जन गर्दै अब भिडियो कन्फ्रेन्स मार्फतबाट प्रमाणहरु संकलन गर्न सकिने व्यवस्था / दशी प्रमाणहरु के हुन भन्ने विषयमा स्पष्ट गर्नुपर्ने भएकाले ऐन संशोधनको तयारी ।

९.(घोटालाको छिनोफानो)
तत्कालीन वेष्टर्न डेभलमेन्ट बैँक नारायणपुरबाट १८ करोड रुपैयाँ हिनामिना भएको मुद्दाका अभियुक्तमध्ये दुई जना जनही १२ लाख धरौटीमा रिहा /बैंकका सिइओ, सञ्चालक समितिका पदाधिकारी भने अझै फरार ।

१०.(सहज सुविधा)
पुलिस रिपोर्ट लिनका लागि अब घण्टौं लाइन बस्नुपर्ने बाध्यताको अन्त्य /घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने ।

११.(पुर्न्निर्माण कैदी!)
कारागारमा रहेका कैदीबन्दीहरुलाई पुर्न्निर्माणको अभियानमा सहभागि गराउँदा राष्ट्रका लागि राम्रो हुने सांसदहरुको सुझाव / अरु देशसँग तुलना गर्नुभन्दा आफै अरुका लागि रोल मोडल बन्नुपर्ने समिति सभापति शशी श्रेष्ठको धारणा ।

१२.(कमजोर समृद्धि)
पूराना परियोजनालाई व्यवस्थित बनाउन नसक्दा विकास र समृद्धिको अवस्था कमजोर देखिएको प्रदेश मन्त्रीहरुको भनाई / पर्यटन वर्ष मनाउँदै गर्दा त्यसलाई असर पार्नेगरी आएका प्रतिवेदनहरुमा कसैले चासो नदिएको उल्लेख ।

१३.(पौडीमा स्वर्ण)
१३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बिहीबार भएको महिला २ सय मिटर फ्री स्टाइल पौडीमा नेपालकी गौरिका सिंह स्वर्ण पदक जित्न सफल / नेपाल अहिलेसम्मकै सर्वाधिक ३६ स्वर्णसहित दोस्रो स्थानमा ।

१४.(सावित्राको कमाल)
सावित्रा भण्डारीको हृयाट्रिक सँगै नेपालद्वारा माल्दिभ्स ३–० गोल अन्तरले पराजित / अब नेपालले स्वर्णका लागि भारतसँग खेल्ने ।

र,

Advertisement

१५.(इन्धन सकिएपछि….)
अफ्रिकन आप्रवासीहरु बोकेको डुंगा एट्लान्टिक महासागरमा डुब्दा ५८ जनाको मृत्यु /रोजगारीका लागि अवैध बाटो हुँदै युरोप छिर्ने क्रममा १ सय ५० जना आप्रवासी बोकेको डुंगा इन्धन सकिएर दुर्घटना ।

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top