ठूलो परिमाणको अवैध गाँजासहित धनकुटाबाट १ जना पक्राउ

१९ मंसिर ७६, शुक्रबार

२० मंसिर, धनकुटा। ठूलो परिमाणको अवैध गाँजासहित धनकुटाबाट प्रहरीले १ जनालाई पक्राउ गरेको छ । धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नम्बर ९ सानो सफाई बस्ने ५६ बर्षिय राम राई ६९ केजी गाँजा सहित पक्राउ परेका हुन् ।

Advertisement

विहीबार दिउँसो जिल्ला प्रहरी कार्यालय धनकुटा र ईलाका प्रहरी कार्यालय भेडेटारबाट गस्तीमा खटिएको प्रहरी टोलीले राईलाई उनकै घरबाट सो परिमाणको गाँजासहित पक्राउ गरेको हो ।

राईले अवैध लागुऔषध गाँजा खेती तथा उत्पादन गरी बिक्री बितरण गर्ने गरेको सुराकीका आधारमा उनको घरमा खानतलासी गर्दा घर भित्र संचय गरी राखेको ५१ केजी तयारी गाँजा फेला पारी बरामद गरिएको थियो ।

Advertisement

यस्तै उनैले वरपर बारीमा लुकाई छिपाई राखेको अवस्थामा थप १८ केजी गाँजा फेला पारिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

बरामद गरिएको गाँजा र पक्राउ परेका राम राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ भने राईमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top