राजनीतिज्ञसँग प्रविधिसम्बन्धी ज्ञान हुन आवश्यक : उर्जामन्त्री पुन

२० मंसिर ७६, शनिबार

२१ मंसिर, काठमाडौँ ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले राजनीतिक व्यक्तिसँग प्रविधिसम्बन्धी ज्ञान नभए विकास निर्माणका कामले गति लिन नसक्ने बताएका छन् । उर्जा जलस्रोत तथा सिंचाई मन्त्रालय जलस्रोत तथा सिंचाई विभागले शुक्रबार आयोजना गरेको ‘पूर्वाधार विकास बहस’ कार्यक्रममा मन्त्री पुनले पुर्वाधारको विकास बिना समृद्धि सम्भव नहुने र त्यसका लागि राजनीतिज्ञसँग ज्ञान हुन आवश्यक भएको बताए ।

उनले राजनीतिक व्यक्तिले प्राविधिक विषयमा न्यूनतम ज्ञान नराख्ने हो भने कुनैपनि आयोजना अगाडी बढ्न गाह्रो हुने बताए । उनले जलविद्युत क्षेत्रमा ड्याम र सुरुङको डिजाइन बनाउने काम महत्वपूर्ण भएपनि दक्ष जनशक्ति नेपालमा नभएको बताए । मन्त्री पुनले सुरुङ र ड्याम निर्माण गर्ने, डिजाइन गर्ने जनशक्ति तयार गर्न सरकारले ध्यान दिएको बताए ।

मन्त्री पुनले जलविद्युत र खानेपानी क्षेत्रमा सुरुङ निर्माणको काम राम्रो भएपनि यातायात क्षेत्रमा निर्माण हुन नसकेको बताए । सरकारले पछिल्लो समय विभिन्न सुरुङ मार्गको निर्माण गर्न लागेकाले त्यस क्षेत्रमा पनि केही वर्षमा पुर्वाधार र जनशक्ति दुवै तयार हुने उनले बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top