×

NEPAL TIMES UPDATES

Playing
लिपुलेक बारे चीन के भन्छ ? सीले ओलीसँग के भनेका थिए ? || Nepal Times
May 23, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
May 23, 2026
Playing
गल्फ खेल्दाखेल्दै अचानक ह्वाइट हाउस फर्किए ट्रम्प, हम लाको तयारी ? || Nepal Times
May 23, 2026
Playing
इरानी एयरस्पेस बन्द, इजरेलभर साइरन, व्हाइट हाउसमा छुट्टी रद्द|| Nepal Times
May 23, 2026
Playing
सम्बन्ध सुधार हुने ठानिएको परराष्ट्रमन्त्रीको दिल्ली भ्रमण स्थगित|| Nepal Times
May 23, 2026
Playing
World News: ७०० किलोको ‘डोनाल्ड ट्रम्प’को कु र्बानी, Iranले Israelमा हम*ला गर्ने || Nepal Times
May 23, 2026
Playing
जेठ १५ देखि ‘लगेज ट्याग प्रणाली’ लागू|| Nepal Times
May 23, 2026
Playing
बारामा बैठकबाटै लखेटिए रास्वपाका सांसदहरु, प्रहरीले ग¥यो उद्धार|| Nepal Times
May 23, 2026
Playing
भारतपछि पाकिस्‍तानमा पनि चल्यो कक्रोच अभियान|| Nepal Times
May 23, 2026
Playing
Top 15 Afternoon News || May-23-2026 || Nepal Times
May 23, 2026

महिला क्रिकेटमा नेपाललाई कास्य

२१ मंसिर २०७६

२१ मंसिर, काठमाडौँ ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा माल्दिभ्सलाई १० विकेटले हराउँदै नेपालले कास्य जितेको छ । ९ रनको सामान्य लक्ष्य नेपालले १.१ओभरमा पुरा गर्दै कास्य जितेको हो ।

नेपालको जितमा ओपनर रोमा थापा ५ र काजल श्रेष्ठ २ रनमा अविजित रहिन् । त्यसअघि पोखरा रंगाशालामा टस जितेर ब्याटिङ गरेको माल्दिभ्स ओभरमा ११.३ ओभरमा ८ रनमा अल आउट भयोे । नेपालको कसिलो बलिङ सामु माल्दिभ्सका १० ब्याट्सवुमेनले खाता खोल्न सकेनन् ।

Advertisement
Advertisement

यो विश्व महिला टि–ट्वान्टी आईमा दोस्रो कम योगफल हो । सबैभन्दा कम योगफलमा मालीको महिला टोली रेवान्डासँग ६ रनमा अल आउट भएको थियो । त्यस खेलमा मालीका १० खेलाडीले खाता खोल्न सकेका थिएनन् ।

माल्दिभ्सले जोडेको ८ रन मध्य ७ रन अतिरिक्त पाएको थियो । स्पिनर अञ्जली चन्दले ४ ओभरमा ३ मेडन सहित १ रन खर्चेर ४ विकेट लिइन् । यसअघि समुह चरणको खेलमा अञ्जलीले माल्दिभ्सविरुद्ध २.१ ओभरमा ६ विकेट लिदै विश्व कीर्तिमान रचेकी थिइन् ।

Advertisement
Advertisement

आजको खेलमा कप्तान रुबिना क्षेत्री बेलबासे र सिता राना मगरले २–२ विकेट लिए । करुणा भण्डारी र सुमन खतिवडाको नाममा १–१ विकेट लिए । नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १० विकेटले हराउँदा दोस्रो खेलमा बंगलादेशसँग १० विकेटलेनै पराजित भएको थियो । श्रीलंकासँग ४१ रनले पराजित भएको थियो । स्वर्णका लागि माल्दिभ्स र श्रीलंका महिला टोलीले आइतबार प्रतिस्पर्धा गर्ने छन् ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top