२२ मंसिर, काठमाडौं ।
१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालकी देविका खड्काले स्वर्ण जितेकी छन् ।
आईतबार लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको ५२ केजी तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले स्वर्ण जितेकी हुन् ।
उनले पहिलोमा श्रीलंकन र दोस्रोमा भारतीय खेलाडीलाई हराएकी थिइन् ।१३ औँ सागमा नेपालले जुडोमा पहिलो स्वर्ण जितेको हो।