×

NEPAL TIMES UPDATES

Playing
क्याम्पसबाट विद्यार्थी संगठन निकाल्ने अभियान सुरु,आवश्यक परे प्रहरी राखिने || Nepal Times
Apr 19, 2026
Playing
नयाँ खेलाडीलाई मौका, दबाब होइन अवसरः स्टुअर्ट ल|| Nepal Times
Apr 19, 2026
Playing
मणिपुरमा कसरी भड्कियो हिं*सा ?असुरक्षित नेपाली भाषी || Nepal Times
Apr 19, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-06-2083 || Nepal Times
Apr 19, 2026
Playing
शिक्षामा सिंहदरबारको निर्णय गाउँमा फेलः पालिकाहरूले देखाए शक्ति || Nepal Times
Apr 19, 2026
Playing
अमेरिकाको पसिना छुट्यो, इरानसँग अझै छ ४०% ड्रोन र ६०% मिसाइल लन्चर || Nepal Times
Apr 19, 2026
Playing
के हो सम्पत्ति जाँचबुझ आयोग ? || Nepal Times
Apr 19, 2026
Playing
चीनले गर्याे धानको बिउमा क्रान्ति,एक पटक रोपे फलिरहने || Nepal Times
Apr 19, 2026
Playing
एमालेमा विद्या भण्डारीको पुनरागमन किन ? छैनन् कुनै एजेन्डा || Nepal Times
Apr 19, 2026
Playing
अब शेयरमा एकैदिन ठूलो कमाइ ठूलो घाटा, अर्डरपनि १५ प्रतिशत घटबढ || Nepal Times
Apr 19, 2026

नेपालमै एसेम्बल भयाे सस्ताे इलेक्ट्रिक स्कुटर, ७ पैसाको बिजुलीले १ किलोमिटर यात्रा

२२ मंसिर २०७६

२२ मंसिर, काठमाडौँ ।

न पेट्रोल हाल्नुपर्ने चिन्ता न महङ्गो मूल्य । बजारमा यस्तो सवारी साधन आएको छ, जुन १० रुपैयाँ मूल्य बराबरको बिजुलीले चार्ज गरेर ७० किलोमिटर गुडाउन सकिन्छ । सुन्दा अपत्यारिलो लाग्न सक्छ, तर यो सत्य हो । नेपाली बजारमा नै एसेम्बल भएको यस्तो विद्युतीय स्कुटर बजारमा आइसकेको छ ।

Advertisement
Advertisement

वाहन अटो इन्टरप्राइजेजले नेपालमा नै एसेम्बल गरी निर्माण गरेको ईएम ३१५ नामक विद्युतीय स्कुटरले प्रति किलोमिटर ७ पैसाको मात्रै विद्युतीय ऊर्जा खपत गर्छ । अर्थात ७ पैसा बराबरको विद्युतले चार्ज गर्दा एक किलोमिटर माइलेज दिन्छ ।

वाहन अटो इन्टरप्राइजेज कम्पनीले ईएम ३१५ स्कुटर १० रुपैयाँ बराबरको विद्युत चार्ज गरेर ७० किलोमिटरसम्म गुडाउन सकिने सञ्चालक बलराम प्रजापतीले जानकारी दिए । मूल्यमा र मर्मत खर्च अरुको तुलनामा न्यून रहेको कम्पनीले जानकारी दिएको छ । पेट्रोलबाट चल्ने मोटरसाइकल र स्कुटरको न्यूनतम मूल्य १ लाख ५० हजार रुपैयाँ पर्छ । तर, वाहन अटो इन्टरप्राइजे उत्पादन गरेको विद्युतीय स्कुटरको मूल्य जम्मा ८५ हजार रुपैयाँ छ ।

कम्पनीले बजारमा ल्याएको विद्युतीय स्कुटरको ब्याट्री चार्ज गर्न ४ घन्टा देखि ६ घन्टासम्म लाग्छ, ७० किलोमिटर गुड्छ । ईएम३१५ स्कुटरमा २० एम्पीए र ७२ भोल्टेजको ब्याट्री प्रयोग भएको छ । रातो, कालो, निलो र पहेँलो रङका स्कुटर बिक्री भैसकेको कम्पनीको जानकारी दिएको छ । पेट्रोलबाट चल्ने बाइक वा स्कुटरमा ५० किलोमिटर चलाउँदा १ लिटर पेटोल प्रयोग हुन्छ । अहिले पेट्रोलको मूल्य प्रतिलिटर १०७ रुपैयाँ छ । ७० किलोमिटर गुड्दा पेट्रोलबाट चल्ने बाइक वा स्कुटरले झण्डै १६० रुपैयाँको इन्धन खपत गर्छ । तर, विद्युतीय स्कुटर ईएम ३१५ नामक विद्युतीय स्कुलरले १० रुपैयाँमा त्यत्ति नै माइलेज दिन्छ ।

वाहन अटो इन्टरप्राइजेजका सञ्चालक बलराम प्रजापतीले भने भिजिट नेपाल २०२० लाई लक्षित गरि १ लाख मूल्यको स्कुटर ८५ हजारमा नै बिक्री गरेको बताए । विश्व बजारमा नै विद्युतीय सवारी धासनको माग बढिरहेको छ । त्यसको असर नेपालमा पनि परेकोले नेपालमा नै विद्युतीय स्कुटर उत्पादन सुरु गरेको बताए । उनले भने हामीले सातदाेबोटोमा एसेम्बल गरिरहेका छौँ । चीनबाट स्कुटरको सामान ल्याएर एसेम्बल गरेर बजारमा ल्याएको कारणले पनि अन्य विद्युतीय स्कुटरभन्दा ईएम सस्तो मूल्यमा उपलब्ध भएको बताए ।

विश्वमै इलेक्ट्रिक सवारीको माग

विश्व बजारमा नै इलेक्ट्रोनिक सवारी साधनहरुको माग बढिरहेको छ । भारतले सन् २०३० सम्म पेट्रोलबाट चल्ने सवारी साधनहरुको विकल्पका रुपमा इलेक्ट्रिक सवारी साधनमा जोड दिएकाले यसको माग बढेको उनको भनाइ छ । इएम ३१५ ब्याट्री, मोटर कन्ट्रोलरमा १ वर्षसम्मका लागि कम्पनीले वारेन्टी दिएर बिक्री गरिरहेको छ ।

विद्युतीय सवारीलाई भन्सार सस्तो

डिजेल र पेट्रोलबाट सञ्चालन हुने बाइक र स्कुटर भन्दा विद्युतीय बाइक र स्कुटरमा भन्सार धैरै नै सस्तो छ । विद्युतीय सवारी साधनमा २५ प्रतिशत मात्रै सरकारले कर उठाउने गरेकाले अन्यको भन्दा सस्तो छ । सन् २०२० सम्म उपत्यकामा सञ्चालन हुने कुल सवारी मध्ये २५ प्रतिशत विद्युतीय सवारी साधन सञ्चालनमा ल्याउने सरकारले घोषणा गरेको थियाे । तर, अहिले केहीमात्रमा यस्ता सवारी साधन सञ्चालन हुन भने थालेका छन् ।

Advertisement

वायु प्रदूषण बढ्दै गएपछि राष्ट्रिय योजना आयोगले विद्युतीय सवारी साधन, आवश्यक उपकरण, व्याट्री तथा पार्टपूर्जामा लाग्दै आएको भन्सार महशुललाई शून्य प्रतिशतमा झार्न र पेट्रोल, डिजलबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनमा रूपान्तरण गर्न वैधता प्रदान गर्ने लगायतका सुझाव दिँदै आएको छ ।(विकास न्युजबाट)

भर्खरको समाचार

भ्रष्टाचारको दाग नलागेको छविः के विद्या एमालेको’सेफ ल्यान्डिङ’ हुन् ?

848-Bidhya-Bhandati-and-Kp-oli888

भारतीय धर्मगुरुले जनकपुर आएर बालेनप्रति हिन्दुत्वको प्रश्न उठाए

672685743_957034846916533_6009994246569094219_n

प्रहरीले नै महिलाको घाँटी किन निमोठे ?

674565353_956866970266654_7400874376610559108_n

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

सम्बन्धित खबरहरु

Scroll to Top