सलमानको ‘दबंग ३’ ले कमायो रिलिज अगावै १५५ करोड

२३ मंसिर ७६, सोमबार
Share this
837shares

एजेन्सी, मंसिर २३

Advertisement

सलमान खानको प्रतीक्षित बलिउड चलचित्र ‘दबंग ३’ले रिलिज हुने अगावै १५५ करोड कमाइ गरेको छ । यही डिसेम्बर २० मा रिलिज हुने चलचित्रको ‘अमेजन प्राइम’ लाई अनलाइन स्ट्रीमिंग, ‘टी सिरिज’ लाई म्युजिक तथा ‘जी’लाई सैटेलाइट्स राइट्स बिक्री गरिएको छ ।

‘दबंग ३’को डिजिटल राइट्स ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोुमा ६० करोडमा बिक्री भएको छ । साथै सैटेलाइट राइट्स ८० करोडमा बिक्री भएको हो । यसका अलावा टी सिरिज ले १५ करोडमा चलचित्रको म्युजिक राइट्स खरिद गरेकी छ ।

Advertisement

चलचित्रमा सलमान खानकाअलावा साइ माजरेकर, किच्चा सुदीप, सोनाक्षी सिन्हा मुख्य भूमिकामा रहेका छन् । यसलाई सलमान खान, अरबाज खान र निखिल द्विवेदीले निर्माण गरेका हुन् । प्रभुदेवा निर्देशित ‘दबंग ३’ सिरिज कै सबैभन्दा धमाकेदार हुने निर्देशक देवाले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top