आगो ताप्ने क्रममा जलेर बृद्धको मृत्यु

२३ मंसिर ७६, मंगलबार

२४ मंसिर, ओखलढुङगा ।

ओखलढुङगाको खिजिदेम्बा गाउँपालिका–८ भुसिङगा बस्ने ८५ वर्षीय लोकसन शेर्पाको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ । स्थानीय गम्बु शेर्पाको घरमा डेरा गरी बस्दै आएका लोकसन शेर्पा गत २२ गते राती अगेनाछेउमा आगो ताप्दै सुत्नेक्रममा अचानक आगो शरीरमा सल्किएर घाईते भएका थिए ।

घटनाबारे जानकारी पाउनासाथ रावदोलुबाट गएको प्रहरीको टोलीले घाईतेलाई उपचारको लागी सदरमुकाम तर्फ ल्याउने क्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

Advertisement

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top