एक हजार ८१ जना शाखा अधिकृतका लागि विज्ञापन आह्वान

२५ मंसिर, काठमाडौँ । एक हजार ८१ जना शाखा अधिकृतका लागि लोक सेवा आयोगले विज्ञापन आह्वान गरेको छ ।

Advertisement

आयोगको नियमित कार्यतालिका अनुसार आज (बुधबार) गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गर्दै खुल्ला तथा बढुवातर्फ गरी विज्ञापन गरेको हो ।

पुस २९ गतेसम्म दरखास्त दिन आयोगले सूचनामार्फत जनाएको छ । गतबर्ष भन्दा बढी संख्यामा विज्ञापन खुलाएको आयोगले प्रशासनतर्फ बढुवा र खुल्लातर्फ धेरै संख्यामा आवेदन माग गरेको छ ।

Advertisement

आयोगको सूचनाअनुशार विभिन्न सेवा समूह गरी सात सय ६२ खुल्ला र बढुवा तर्फ तीन सय १९ गरी एक हजार ८१ जना रहेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top