बार्यन म्युनिखको शानदार जित

बार्यन म्युनिखको शानदार जित

२९, मंसिर, एजेन्सी ।
जर्मन बुण्डेस लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा बार्यन म्युनिखले शानदार जित दर्ता गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्यन म्युनिखले वेर्डेर ब्रेमेनलाई ६–१ ले पराजित गरेको हो । बार्यनको जितमा फिलिप कोन्टिन्होले ह्याट्रिक गरे । उनले ४५, ६३ र ७८ औँ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका हुन् ।

यस्तै रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयको चौथो र ७२ औँ मिनेटमा गोल गरेका हुन् । लेवान्डोस्कीले यो सिजन अहिलेसम्ममा २३ खेलमा २९ गोल गरेका छन् ।

बार्यनका लागि ७५ औँ मिनेटमा थोमस मुलरले गोल गरेका हुन् । वेर्डेर ब्रेमेनका लागि २४ औँ मिनेटमा राशिकाले एक गोल गरे । जितपछि १५ खेलबाट २७ अंक जोडेको बार्यन म्युनिख चौथो स्थानमा पुगेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.