×

NEPAL TIMES UPDATES

Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026

निगमले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने

२९ मंसिर २०७६

२९ मंसिर, काठमाडौँ । 

नेपाल भ्रमण वर्ष २०२० को प्रारम्भसँगै राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको नारिता र चीनको ग्वाङ्जाओ उडान शुरु गर्ने भएको छ । निगमको यही मङ्सिर २६ गतेको कार्यकारी समितिको बैठकले हाल उडान गरिरहेको दुई अन्तरराष्ट्रिय गन्तव्यका अतिरिक्त थप दुई गन्तव्यमा उडान शुरु गर्ने निर्णय गरेको हो । दुई सातापछि नेपाल भ्रमण वर्ष शुरु हुँदैछ ।

Advertisement
Advertisement

दशरथ रङ्गशालामा आगामी जनवरी १ (पुस १६ गते) ४० भन्दा बढी देशका पर्यटनमन्त्री र विशिष्ट पाहुनाको उपस्थितिमा भ्रमण वर्षको भव्य शुभारम्मको तयारी भइरहेको छ । भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ प्रवद्र्धनात्मक काम भइरहेको छ । भ्रमण वर्षमा निगमको गन्तव्य विस्तारले सहयोग पुग्ने विश्वास लिइएको छ ।

जापानको नारिता मार्च पहिलो साता र चीनको ग्वाङ्जाओ मार्च दोस्रो सातादेखि उडान गर्ने निगमले आज विज्ञप्तिमार्फत जनाएको हो । यी उडान थपिएपछि पर्यटक सङ्ख्यामा उल्लेखनीय वृद्धि हुनाका साथै पर्यटन क्षेत्रमा राम्रो प्रभाव पर्ने कम्पनीले अपेक्षा गरेको छ ।

निगमले गत भदौ १२ गतेदेखि जापानकै ओसाका कन्साई अन्तरराष्ट्रिय विमानस्थलमा शुरुमा सातामा तीन र पछि सातामा दुई नियमित उडान भर्दै आएको छ । यात्रुको ‘अकुपेन्सी’ बढ्न नसकेपछि भने निगमले जापानको राजधानी टोकियो नजीकको नारिता अन्तरराष्ट्रिय विमानस्थलमा उडान पहलकदमी गरेको थियो । नेपाली समुदायको बाक्लो उपस्थिति तथा अन्य मुलुकबाट समेत पर्यटकलाई सहज हुने भएकाले नारिता उडानलाई निगमले विशेष प्राथमिकता दिएको छ । यो गन्तव्यमा निगमले वाइड बडी ए ३३०–२०० जहाजमार्फत चार्टर्ड उडान गर्दै आएको छ । नारितामा साताको तीन दिन उडान गर्ने निगमको तयारी छ ।

त्यस्तै लामो समयको प्रयासपछि निगमको ग्वाङ्जाओ उडान गत मङ्सिर दोस्रो साता निश्चित भएको थियो । सन् २०२० मार्चको दोस्रो सातादेखि ग्वाङ्जाओ सीधा उडान गर्ने तयारी गरिएको निगमले उल्लेख गरेको छ । उक्त प्रयोजनका निम्ति सबै प्राविधिक तयारी पूरा भइसकेको छ । यो गन्तव्यमा पनि निगमले सातामा तीन दिन उडान भर्नेछ ।

चिनियाँ सिभिल एभिएशनले निगमको जहाज ग्वाङ्जाओ उडानका लागि स्वीकृति दिइसकेको छ । चिनियाँ एभिएशनले राखेको सुरक्षा चासोको सम्बोधन भएपछि निगमलाई उडानको अनुमति दिइएको थियो । चीनको राजधानी बेइजिङ, साङ्घाईलगायत गन्तव्यमा उडान विस्तारका लागि पहल भइरहेको बताइएको छ ।

निगमका दुई अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थपिएपछि ए३२० न्यारो बडी र ए३३० वाइड बडीको उडान घण्टामा वृद्धि भई पूर्ण उपयोगमा आउने छन् । यसपछि निगमको अन्तरराष्ट्रिय गन्तव्यमा जापानको नारिता, चीनको ग्वाङ्जाओे, भारतको नयाँ दिल्ली, बङ्लोर, मुम्बई, बैंकक, मलेसिया, दुबई, दोहा र हङकङ गरी अन्तरराष्ट्रियस्तरमा १० गन्तव्य हुनेछन् ।

साउदी अरेबिया र दक्षिण कोरिया उडान
निगमले उडान गन्तव्य विस्तार गर्नेक्रममा अब साउदी अरेबियाको रियाद र दक्षिण कोरियाको सिओल गन्तव्यमा उडानका लागि आन्तरिक तयारी गरिरहेको छ । यी दुवै गन्तव्यमा एकदुई दिनभित्रै टुङ्गो लाग्ने जनाइएको छ । अहिले आन्तरिक पहलकदमी भइरहेको निगम वाणिज्य विभागले जनाएको छ । नेपाली समुदायको बाक्लो उपस्थिति रहेका दुवै गन्तव्यमा उडान गर्दा निगमको व्यापार प्रवद्र्धनमा टेवा पुग्ने बताइएको छ ।

Advertisement
Advertisement

निगमले धमाधम गन्तव्य विस्तार गरिरहे पनि जहाजको क्षमता बढाउन सकेको छैन । गन्तव्य थपिँदै गर्दा जहाज अपुग हुने निगमका अधिकारी बताउँछन् । अन्तरराष्ट्रिय उडानका लागि निगमसँग हाल दुई ए ३२० न्यारो बडी र दुई ए३३० वाइड बडी जहाज छन् । निगमले उक्त जहाजको उडान घण्टाका आधारमा अन्य गन्तव्य विस्तारका दिशामा जवाफदेहितापूर्ण र उच्च सक्रियताका साथ क्रियाशील हुने प्रतिबद्धतासमेत व्यक्त गरेको छ ।–सिबी अधिकारी/रासस

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top