जिल्ला प्रहरी कार्यालय तेह्रथुमले पायो नयाँ भवन

३० मंसिर ७६, मंगलबार

३० मंसिर, तेह्रथुम ।
जिल्ला प्रहरी कार्यालय तेह्रथुम परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक भवन, कार्यालय प्रमुख निवास, मेश भवन, शौचालय भवनहरुको प्रमुख प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले उद्घाटन गरेका छन् । महानिरीक्षक खनालले सोमबार आयोजित एक कार्यक्रमबीच समुद्घाटन गर्नुका साथै उक्त भवनहरुको निरीक्षण समेत गरेका थिए ।

Advertisement

भवन उद्घाटन समारोहमा प्रहरी महानिरीक्षक खनालले प्रहरी र जनताबीचको गाढा सम्बन्ध बाट नै समाजमा शान्ति सुरक्षा कायम हुने हुँदा आपराधिक गतिविधिको नियन्त्रणको लागि प्रहरी र समुदायबीचको साझेदारीले सार्थकता पाउनुपर्ने कुरामा जोड दिए । उनले प्रहरी कर्मचारीहरुले सेवाग्राहीलाई दिनुपर्ने सेवामा समेत बृद्घि गर्दै लैजानु पर्ने बताए । बदलिँदो परिवेश संगै गैरकानूनी क्रियाकलापलाई निरुत्साहित गर्न प्रहरी कर्मचारीहरु थप सक्रिय भएर लागी पर्नु पर्ने समेत उनले बताए ।

Advertisement

प्रहरीद्वारा संचालनमा ल्याएको समुदाय साझेदारी अवधारण कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले अपराध गर्ने जो कोही ब्यक्तिलाई कानुनबाट क्षमा नहुने हुँदा कानुनको कठघरमा ल्याई कानुन बमोजिम कारबाही गरिने भएकोले अपराध रोकथाम तथा नियन्त्रण गर्ने कार्यमा प्रहरीलाई सहयोग गर्न अनुरोध गरे ।

कार्यक्रममा शान्ति सुरक्षा कायम राख्न प्रहरीलाई महत्वपूर्ण भूमिका निर्बाह गर्ने जिल्ला स्थित सबै पालिकाहरु, जिल्ला शिक्षा समन्वय ईकाई तेह्रथुम, भवन निर्माण व्यावसायलाई कदर पत्र र अमर प्रहरी परिवारलाई कार्यक्रमका प्रमुख अतिथी प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दोसल्ला ओढाई सम्मान गरेका थिए । सरकारको नियमित बजेटबाट कूल ५ करोड ३५ लाख ३१ हजार ९ सय ६५ रुपैयाँ ६० पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको हो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top