×

NEPAL TIMES UPDATES

Playing
कांग्रेसले गगनका ससुराका कारण दलको नेता छान्न सकेन ? || Nepal Times
Apr 13, 2026
Playing
विश्वका कुन जलमार्गहरूमा लाग्छ टोल ट्याक्स ? होर्मुजदेखि पानामासम्म || Nepal Times
Apr 13, 2026
Playing
Netanyahuवि रुद्ध टर्कीको अदालतमा मु द्दा, ४६०० वर्षको जे ल स जाय माग || Nepal Times
Apr 13, 2026
Playing
६५ अर्बको हिसाबः स्विस बैंकमा पैसा थुपार्ने नेपाली को होलान् ? || Nepal Times
Apr 13, 2026
Playing
बालेन सरकारमा को छ सबैभन्दा धनी ?यस्तो छ सम्पत्ति विवरण|| Nepal Times
Apr 13, 2026
Playing
पाकिस्तानले नै इरानविरुद्ध युद्ध लड्नु पर्न सक्ने, कसरी फस्यो पाकिस्तान? || Nepal Times
Apr 12, 2026
Playing
राप्रपामा लिङ्देनको राजीनामा मागियो, सबै समिति भंग गर्न माग || Nepal Times
Apr 12, 2026
Playing
प्रधानमन्त्री र मन्त्रीको सम्पत्ति कति छ ?अर्थमन्त्रीसँग धनको पोको|| Nepal Times
Apr 12, 2026
Playing
अम्पायरमाथि प्रश्न उठाउँदा करणलाई कारबाही || Nepal Times
Apr 12, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-29-2082 || Nepal Times
Apr 12, 2026

दिनभरका प्रमुख खबर

३० मंसिर २०७६
Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(अनुशन्धान लम्बिदै)
अनुयायीमाथि बलात्कार अभियोग लागेका सिद्वबाबा भनिने कृष्णदास गिरीलाई सुनसरी अदालतद्वारा थप सात दिनको म्याद थप / गिरीलाई चौँथो पटक म्याद थप गर्दै अनुसन्धान गर्न अदालतको अनुमति ।

Advertisement
Advertisement

२.(दुर्घटनाको पीडा)
सिन्धुपाल्चोक बस दुर्घटनामा परी मृत्यु भएकामध्ये ६ जनाको सुनकोसी नदी किनारमा सामूहिक अन्त्येष्टि /बसका चालक सुमन तामाङ अझै सम्पर्कविहिन ÷चालककी श्रीमतीको शव परिवारले बुझेनन् ।

३.(विप्लवलाई झड्का)
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले गरेको विरोध प्रदर्शन कार्यक्रममा प्रहरीको हस्तक्षेप /सीमा मिचिएको विरोधमा प्रदर्शन गर्ने तयारी गरिरहेका विप्लव समूहका कार्यकर्ता प्रहरीको नियन्त्रणमा ।

४.(स्थायीको मोह)
त्रिभुवन विश्वविद्यालयअन्र्तगत् रहेका शैक्षिक संस्थाहरुमा कार्यरत् अस्थायी कर्मचारीलाई स्थायी गर्न माग गर्दै त्रिवि कर्मचारी संघद्वारा आन्दोलन /सहयोगी र चालकहरुलाई विज्ञापन खुलाइ स्थायी गर्नुपर्ने माग ।

५.(नेतृत्वको आलोचना)
सत्तारुढ नेकपाको जारी स्थायी समिति बैठकमा अध्यक्षद्वयको प्रस्तावमाथि छलफल सुरु / लामो समयसम्म बैठक नबोलाएकाले नेतृत्वलाई अहिले नै माफी दिन नसक्ने नेताहरुको धारणा ।

६.(हेराई र पेलाई)
रामचन्द्र पौडेल नेतृत्वको असन्तुष्ट समूहले बैठक बहिष्कार गरेपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक सर्यो / महाधिवेशको कार्यतालिका पहिले कि विभाग तथा अरु विषयको व्यवस्थापन पहिले भन्नेमा विवाद ।

७.(सुरक्षाको चिन्ता)
सामाजिक सुरक्षा कोषमा आवद्ध नभएका कुनैपनि संस्थाको वार्षिक नविकरण नै नगर्ने सरकारको तयारी /आर्थिक सुरक्षाको ग्यारेन्टी लिने संस्थाको रुपमा विकास भएको कार्यक्रममा जबरजस्त आवद्ध हुन आग्रह ।

८.(को हुन खेलाडी ?)
खेलकुद विकास विधेयक माथिको छलफलमा अन्तर्राष्ट्रिय खेलाडीको परिभाषामा विवाद / कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा देशको प्रतिनिधित्व गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय खेलाडीको मान्यता दिनुपर्ने प्रस्ताव ।

९.(सकारात्मक काम)
अनाधिकृत रुपमा व्यक्तिको नाममा दर्ता भएका १९ बिघा जमिनको दर्ता सरकारद्वारा खारेज /सरकारले अब चाँडै भूमिसम्बन्धी शक्तिशाली आयोग बनाउने भूमि व्यवस्थामन्त्री पद्माकुमारी अर्यालको प्रतिबद्धता ।

१०.(अधिकृतविरुद्ध मुद्दा)
भूमिसुधार तथा मालपोत कार्यालय सिरहामा कार्यरत मालपोत अधिकृत रामबाबु मण्डल भ्रष्टचारको आरोपमा पक्राउ / सेवाग्राहीसँग पाँच लाख घुसबापतको रकम लिएको आरोपमा विशेष अदालत काठमाडौंमा मुद्दा दायर ।

११.(राष्ट्रलाई क्षति)
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई र कलाकार दीपक क्षेत्रीको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा श्रद्धाञ्जली व्यक्त /भट्टराई र क्षेत्रीको आजै पशुपति आर्यघाटमा अन्तेष्टि गरियो ।

१२.(विमानस्थल तयार)
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अब २१ घण्टा सञ्चालनका लागि योग्य /ट्याक्सी वे र रनवे जोड्ने लिंक रोडको जिर्णोद्धारको काम सकिएकाले नागरिक उड्डयन प्राधिकरणलाई आयोजना हस्तान्तरण ।

१३.(नियमनको परिणाम)
मानव स्वास्थ्यमा प्रतिकूल असर पुग्ने खाद्यान्न उत्पादन गरेको अभियोगमा २२ उद्योगको उत्पादनमा रोक /अभियोग प्रमाणित भएमा खाद्य ऐन, २०२३ अनुसार कानुनी कारबाही गरिने ।

१४. (पीपीएलमा आज)
पोखरा प्रिमियर लिग अन्तर्गत सोमबार भएको पहिलो खेलमा धनगढीद्वारा विराटनगर ५ रनले पराजित / बुटवल ब्लास्टर्स काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा विजयी ।

Advertisement

र,
१५.(नागरिकताको रन्को)
भारतमा नागरिकता संशोधन विधयेकविरुद्ध विभिन्न ठाउँमा प्रदर्शन जारी / विद्यार्थी र प्रहरीबीचको झडपमा कम्तिमा ६० विद्यार्थी घाइते ÷झडपपछि ५ जनवरीसम्मका लागि मुस्लिम विश्वविद्यालय बन्द ।

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top