×

NEPAL TIMES UPDATES

Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026
Playing
सरकारलाई अप्ठ्यारो पार्ने सपना–कुमार–हरिको रणनीति|| Nepal Times
May 13, 2026
Playing
विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ || Nepal Times
May 13, 2026

बोइङ ७३७ म्याक्स मोडलको जहाज उत्पादनमा रोक

१ पौष, एजेन्सी । अमेरिकी विमान निर्माता कम्पनी बोइङले ७३७ म्याक्स मोडलको जहाज बनाउन रोक्ने भएको छ । आउँदो जनवरीबाट उक्त जहाजको उत्पादन अस्थायी रूपमा बन्द गरिने कम्पनीले जनाएको छ ।

गत वर्ष बोइङ ७३७ म्याक्स मोडलका दुई जहाज दुर्घटनामा परेका थिए । इन्डोनेसिया र इथियोपियामा भएका दुर्घटनामा ३४६ जनाले ज्यान गुमाएका थिए। त्यसपछि संसारभरि धेरै एयरलायन्स उक्त मोडलको जहाज उडाउन रोकेका थिए।

Advertisement
Advertisement

जहाज उडाउन रोक लागे पनि कुनै दिन अमेरिकाको संघीय उड्ययन प्राधिकरणले फेरि उक्त जहाज उडान अनुमति दिने बोइङको अपेक्षा थियो । उसले केही अर्डर पनि लिएको थियो। यद्यपी उक्त मोडलको जहाज अर्डर निकै घटेको थियो।

यही डिसेम्बरको अन्तिमसम्ममा ७३७ म्याक्स उडाउने अनुमति मिल्छ होला भन्ने सोचेको बोइङले त्यो पूरा नहुने पक्का भएपछि उत्पादन रोकेको बताएको छ। गत साता प्राधिकरणका स्टेफन डिक्सनले सन् २०१९भित्र बोइङको ७३७ म्याक्स उडाउन अनुमति दिन नसकिने बताएका थिए।

बोइङ अमेरिकाको प्रमुख निर्यातकर्ता हो। जहाज उत्पादन रोकिए पनि सिटलस्थित कारखानाका कर्मचारीलाई भने नहटाउने बोइङले जनाएको छ । तर बोइङको यो निर्णयले अमेरिकी अर्थतन्त्रमा भने असर पर्ने बताइएको छ ।

बोइङले अब बनिसकेका ४०० वटा ७३७ म्याक्सलाई डेलिभर गर्न केन्द्रीत हुने जनाएको छ। बोइङको ७३७ सिरिजमा म्याक्स पछिल्लो मोडल हो। यसअघिका मोडलभन्दा यो मोडलको जहाज इन्धन खपतमा किफायती थियो। बोइङका ७३७ सिरिजका यसअघिका जहाजहरू सबैभन्दा सुरक्षितमध्ये मानिन्छन्।

म्याक्सको ७, ८, ९ र १० मोडलका जहाजले १३८ देखि २०४ जनासम्म यात्रु बोक्न सक्छन्। दुई लहरमात्र सिट भएका यी जहाज छोटो र मध्यम दूरीका लागि उपयुक्त छन्। इन्डोनेसियाको लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा उचाइ लिँदा नै समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

Advertisement
Advertisement

यसकारण उड्ययन विज्ञहरूले यो जहाजको नियन्त्रण प्रणालीको समस्या भएको हुन सक्ने अनुमान गरेका थिए।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top