प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईद्वारा सपथ ग्रहण

प्रतिनिधि सभा सदस्यमा निर्वाचित विद्या भट्टराईद्वारा सपथ ग्रहण

१ पौष, काठमाडौं । कास्की-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वा्चित विद्या भट्टराईले पद तथा गोपनियताको सपथ लिएकी छन् ।

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले भट्टराईलाई मंगलबार दिउँसो सिंहदरबारस्थित कृषि समितिको हलमा सपथ खुवाएकी हुन्।

भट्टराई गत मंसिर १४ गतेको प्रतिनिधि सभाको उपनिर्वाचनमा कास्की-२ मा कांग्रेस उम्मेद्वार खेमराज पौडेललाई ८ हजार मतान्तरले पराजित गरेर सांसद चुनिएकी थिइन्। भट्टराईले २४ हजार ३ सय ९४ मत र खेमराजले १५ हजार ९ सय ९१ मत ल्याएका थिए।

भट्टराईका श्रीमान् पूर्वमन्त्री रवीन्द्र अधिकारीको गत फागुनमा हेलिकप्टर दुर्घटनामा परी निधन भएको थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.