आजका प्रमुख खबरहरुः
१.(बलात्कारी छुटे !)
बलात्कार आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साह १५ हजार धरौटीमा रिहा / साहसँगै पक्राउ परेका अन्य दुईजनालाई पनि जनही १५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश ।
२.(शीतलहर बढ्यो)
केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित / शीतलहरका कारण तरकारी बालीमा रोगको समस्या/ अझै एक दुई दिन शीतलहर कायम रहने ।
३.(संसद अधिवेशन सुरु)
संघीय संसदको हिउँदे अधिवेशन सुरु / पुस ११ गते बस्ने पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति ।
४.(किचलो बढ्दै)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित / महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा तयार नभएसम्म बैठकमा सहभागी नहुने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडान ।
५.(मन्त्रालयले नसक्ने रे)
सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीको भनाई / पछिल्लो समय सडकका कारणले भन्दापनि मानविय र यान्त्रीक गडवडीका कारण दुर्घटना हुने गरेको दाबी ।
६.(बचाउन सकिएन)
सिन्धुपाल्चोकको छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो / दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचाररत ७ वर्षीया आशिका तामाङको मृत्यु ।
७.(विश्वसनियता बढाऔं)
नेपालमा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त / अनलाईनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिरिदै ।
८.(प्रतिपक्षको बोली)
संविधानसंग बाँझिने गरी ल्याईएका सम्पूर्ण विधेयक फिर्ता लैजान सरकारलाई नेपाली कांग्रेसको चेतावनी / अतिक्रमित नेपाली भूमि फिर्ता गर्नका लागि कुटनीतिक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण ।
९.(सहकार्यको कारण)
विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षीदलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालको भनाई /संघीयताको कार्यान्वयन विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उल्लेख ।
१०.(संचारको महत्व)
सूचना प्रविधिको क्षेत्रमा उन्नति नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदीको भनाई / सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड ।
११.(नजिकको तीर्थ हेला)
कर्णाली प्रदेशका कतिपय जिल्लाका बिरामीहरु नजिकैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउँदा राज्यकोषको ठूलो रकम दुरुपयोग / दुरुपयोग रोक्ने प्रयास नगरी राज्यले आफ्नो निरिहता देखाएको सरोकारवालाको आरोप ।
१२.(वास्तविकता हो त ?)
सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको राष्ट्रियसभा सदस्य दिनानाथ शर्माको भनाई / मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगाडी बढाउन समस्या आउने गरेको गुनासो ।
१३.(घुस्याहा काण्ड)
सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगर अख्तियारद्वारा पक्राउ/ वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादव पनि नियन्त्रणमा ।
१४.(पीपीएल भिड्न्त)
पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सद्वारा पोखरा पल्टन ८ विकेटले पराजित / दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले हराउँदै चितवन प्ले अफ नजिक / चौथो खेलमा शनिवार धनगढीले बुटवलसँग खेल्दा चितवनले विराटनगरको सामना गर्ने ।
र,
१५.(राष्ट्रसंघमा मिसाई उजुरी)
भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै पाकिस्तानले पठायो संयुक्त राष्ट्रसंघलाई पत्र / भारतले पहिले नै तनाव भएको ठाउँमा झन् तनाव उत्पन्न गर्दै आएको भन्दै गतिविधिबारे राष्ट्रसंघसँग प्रतिक्रिया माग ।