दिनभरका प्रमुख खबर

Pic: Niraj Bajracharya

आजका प्रमुख खबरहरुः

१.(बलात्कारी छुटे !)
बलात्कार आरोपमा पक्राउ परेका सप्तरीको शम्भुनाथ नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष लक्ष्मी साह १५ हजार धरौटीमा रिहा / साहसँगै पक्राउ परेका अन्य दुईजनालाई पनि जनही १५ हजार धरौटीमा रिहा गर्न अदालतको आदेश ।

२.(शीतलहर बढ्यो)
केही दिनयता बढेको शीतलहर र हिमपातका कारण तराई तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित / शीतलहरका कारण तरकारी बालीमा रोगको समस्या/ अझै एक दुई दिन शीतलहर कायम रहने ।

३.(संसद अधिवेशन सुरु)
संघीय संसदको हिउँदे अधिवेशन सुरु / पुस ११ गते बस्ने पहिलो बैठकको अध्यक्षता गरेपछि उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिने र त्यसपछि सभामुख चयनको कार्यक्रम अघि बढाउने सहमति ।

४.(किचलो बढ्दै)
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पुस १० गतेसम्मका लागि स्थगित / महाधिवेशनको कार्यतालिका ल्याउन सभापति देउवा तयार नभएसम्म बैठकमा सहभागी नहुने बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको अडान ।

५.(मन्त्रालयले नसक्ने रे)
सडक दुर्घटना न्यूनिकरण गर्न मन्त्रालय एक्लैले नसक्ने भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीको भनाई / पछिल्लो समय सडकका कारणले भन्दापनि मानविय र यान्त्रीक गडवडीका कारण दुर्घटना हुने गरेको दाबी ।

६.(बचाउन सकिएन)
सिन्धुपाल्चोकको छ किलोमा मङ्सिर २९ गते भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १६ पुग्यो / दुर्घटनामा गम्भीर घाइते भइ काठमाडौँ मेडिकल कलेज सिनामंगलमा उपचाररत ७ वर्षीया आशिका तामाङको मृत्यु ।

७.(विश्वसनियता बढाऔं)
नेपालमा अनलाइन पत्रकारिताको विश्वसनियता घट्दै गएकोमा सरोकारवालाहरुद्वारा चिन्ता व्यक्त / अनलाईनकै कारण नेपाली युनिकोड विश्वव्यापी भएपनि नेपालमा होस्टिङको सुविधा नभएका कारण वार्षिक अर्बौ रुपैयाँ बाहिरिदै ।

८.(प्रतिपक्षको बोली)
संविधानसंग बाँझिने गरी ल्याईएका सम्पूर्ण विधेयक फिर्ता लैजान सरकारलाई नेपाली कांग्रेसको चेतावनी / अतिक्रमित नेपाली भूमि फिर्ता गर्नका लागि कुटनीतिक पहल गर्न सरकारको गम्भीर ध्यानाकर्षण ।

९.(सहकार्यको कारण)
विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सत्तापक्ष र विपक्षीदलबीच सहकार्य हुनु कुनै आश्चर्य नभएको राष्ट्रियसभा सदस्य वृखेषचन्द्र लालको भनाई /संघीयताको कार्यान्वयन विविधतापूर्ण राष्ट्रिय सम्मानका लागि सहकार्य हुनु नै राजनीतिक आचरण भएको उल्लेख ।

१०.(संचारको महत्व)
सूचना प्रविधिको क्षेत्रमा उन्नति नभई अन्य क्षेत्रमा प्रगति गर्न नसकिने सञ्चार मन्त्रालयका सचिव दीपक सुवेदीको भनाई / सूचना प्रविधिको क्षेत्रमा काम गर्ने संस्थाहरुको भूमिका सशक्त हुनुपर्नेमा जोड ।

११.(नजिकको तीर्थ हेला)
कर्णाली प्रदेशका कतिपय जिल्लाका बिरामीहरु नजिकैको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको साटो हेलिकोप्टर चाटर्ड गरी उपचार गर्न आउँदा राज्यकोषको ठूलो रकम दुरुपयोग / दुरुपयोग रोक्ने प्रयास नगरी राज्यले आफ्नो निरिहता देखाएको सरोकारवालाको आरोप ।

१२.(वास्तविकता हो त ?)
सरकारले आफ्नो २ वर्षे कार्यकालमा जनताको मुहारमा नयाँ चमक ल्याएको राष्ट्रियसभा सदस्य दिनानाथ शर्माको भनाई / मन्त्रीहरु छलफलमा सहभागि नहुँदा विधेयक तदारुकताका साथ अगाडी बढाउन समस्या आउने गरेको गुनासो ।

१३.(घुस्याहा काण्ड)
सेवाग्राहीसँग २ लाख रुपैयाँ घूस लिएको आरोपमा नवलपरासीको रामग्राम नगरपालिका–१८ का वडाध्यक्ष गोपाल डिस्वा मगर अख्तियारद्वारा पक्राउ/ वडाध्यक्ष मगरसँग मिलेमतो गरेको आरोपमा लेखनदास रवीन्द्रप्रसाद यादव पनि नियन्त्रणमा ।

१४.(पीपीएल भिड्न्त)
पोखरा प्रिमियर लिगमा बुटवल ब्लास्टर्सद्वारा पोखरा पल्टन ८ विकेटले पराजित / दोस्रो खेलमा एक्स्पर्ट धनगढी ब्लुजलाई ५२ रनले हराउँदै चितवन प्ले अफ नजिक / चौथो खेलमा शनिवार धनगढीले बुटवलसँग खेल्दा चितवनले विराटनगरको सामना गर्ने ।

र,
१५.(राष्ट्रसंघमा मिसाई उजुरी)
भारतले कास्मिरमा मिसाइल लञ्चर राखेको आरोप लगाउँदै पाकिस्तानले पठायो संयुक्त राष्ट्रसंघलाई पत्र / भारतले पहिले नै तनाव भएको ठाउँमा झन् तनाव उत्पन्न गर्दै आएको भन्दै गतिविधिबारे राष्ट्रसंघसँग प्रतिक्रिया माग ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top