×

NEPAL TIMES UPDATES

Playing
त्रिवि भित्रै’नक्कली सर्टिफिकेट’धन्दा ?आफ्नै निर्णयमा छानविन गर्दै त्रिवि || Nepal Times
May 13, 2026
Playing
एमालेको पछि लाग्यो कांग्रेस,गुण्डु पुगे विश्वप्रकाश, संसद्मा देखियो नतिजा|| Nepal Times
May 13, 2026
Playing
World News: फेरि ह*म*ला भए आणविक ब*म बनाउने Iranको चेतावनी, महाराष्ट्रमा भारी वर्षा || Nepal Times
May 13, 2026
Playing
अमेरिकी दबाब र Tehranको अडानबीच Iran को आणविक भविष्य के होला ? || Nepal Times
May 13, 2026
Playing
संसद्मा बालेनलाई लिएर महाभारत,बादलले बोलेको हटेपछि आक्रोश|| Nepal Times
May 13, 2026
Playing
Top 15 Afternoon News || May-13-2026 || Nepal Times
May 13, 2026
Playing
२२ बाट १८ मा झर्‍यो मन्त्रालयहरुको संख्या|| Nepal Times
May 13, 2026
Playing
बालेनमा दुई तिहाइको अहंकार नदेखियोस् || Nepal Times
May 13, 2026
Playing
UAE पछि साउदीले पनि Iran माथि गोप्य आ*क्र*मण गरेको खुलासा || Nepal Times
May 13, 2026
Playing
के राष्ट्रपतिले रोक्न खोजेकै अध्यादेश अब खारेज हुन्छ? || Nepal Times
May 13, 2026

नागरिकता संशोधन ऐनले लगायो भारतमा आगो

५ पुस, एजेन्सी ।
भारतमा विवादित नागरिकता संशोधन ऐनको विरोधमा शुक्रबार भएको प्रदर्शनमा थप ६ जनाको मृत्यु भएको छ ।

सयौं प्रदर्शनकारी र कैयन् प्रहरी घाइते भएका छन् । उत्तरप्रदेशको कानपुरलगायतका विभिन्न ठाउँमा भएको हिंसात्मक प्रदर्शनमा ६ जनाले ज्यान गुमाएका हुन् । दुई सातायता सुरु भएको प्रदर्शनका क्रममा हालसम्म मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

Advertisement
Advertisement

शुक्रबार राजधानीलगायतका प्रमुख सबैजसो सहरमा प्रदर्शन भएको थियो । उत्तरप्रदेशको कानपुर, लखनऊ, बुलन्दसहर, मुजर्फरनगरमा हिंसात्मक प्रदर्शन भए । त्यसैगरी मध्यप्रदेश र दिल्लीका विभिन्न स्थानमा पनि ठूलो संख्यामा आन्दोलनकारी सडकमा उत्रिए ।

दिल्लीको सदरबजार, जामे मस्जिद, नबी करिम, दरियागन्ज, सिलमपुर, सिमापुरी, नन्द नगरी र दिल्ली गेट क्षेत्रमा ठूलो प्रदर्शन भएको थियो ।

दरियागन्जमा प्रदर्शनलाई रोक्न प्रहरीले लाठीचार्ज र पानीको फोहरा प्रयोग गरेको थियो । त्यसपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको थियो । झडपमा थुप्रै घाइते भएका छन् । दर्जनौं सवारीसाधनमाथि क्षति पुगेको छ ।

प्रहरीले बिहीबारको प्रदर्शनअघि नै दिल्लीका विभिन्न भागमा निषेधाज्ञा लागू गरेको थियो, जसले गर्दा चार वा त्यसभन्दा बढी मानिस भेला हुन पाइँदैन । शुक्रबार पनि प्रदर्शनका कारण १३ वटा मेट्रो स्टेसन बन्द गरिएको थियो ।

मुस्लिमको प्रार्थना गर्ने दिन पनि भएकाले शुक्रबार ठूलो प्रदर्शन हुने अनुमानै गरिएको थियो । दिल्लीस्थित जामे मस्जिदमा प्रार्थना गर्न आएकाहरू पछि प्रदर्शनमा सहभागी भएपछि दिल्ली प्रहरीलाई स्थिति नियन्त्रणमा लिन हम्मेहम्मे परेको थियो ।

नागरिकता संशोधन कानुनको विरोध गरिरहेका भीम आर्मीका प्रमुख चन्द्रशेखर आजाद आफैं प्रदर्शनमा सहभागी भएका थिए । सुरुमा आजादलाई प्रहरीले नियन्त्रणमा लिए पनि उनी उम्कन सफल भएका थिए । त्यसपछि मस्जिद परिसरमै उनले प्रदर्शन गरेका थिए ।

हिंसात्मक प्रदर्शनपछि मध्यप्रदेशको जबलपुरका केही भागमा कर्फ्यु लगाइएको छ । प्रदर्शनमा प्रहरीले धरपकड गरेकामा विपक्षी भारतीय राष्ट्रिय कंग्रेसले मोदी सरकारको चर्को आलोचना गरेको छ ।

पार्टी प्रमुख सोनिया गान्धीले विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा सरकारले लिएका नीतिको विरुद्ध शान्तिपूर्ण आन्दोलन गर्ने अधिकार जनतालाई भएको तर भाजपा सरकारले जनताको आवाज दबाउन भयानक बल प्रयोग गरेको आरोप लगाएकी छन् ।

नागरिकता संशोधन ऐनको विरोधमा प्रदर्शन चर्किंदै गएपछि मोदी सरकारले नागरिकता ऐनका सम्बन्धमा केही नरम रवैया लिने संकेत दिएको छ । कानुन लागू भएको खण्डमा स्थिति नियन्त्रणबाहिर जान सक्ने आकलन गर्दै गृह मन्त्रालयले नागरिकता कानुनको मस्यौदामाथि पुनर्विचार गर्ने संकेत दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि बिहीबार भारतका गृहराज्यमन्त्री जी किसन रेड्डीले एनआरसी कहिलेदेखि लागू गर्ने तय नभएको र नागरिकता कानुनको पनि कार्याविधि तय भइनसकेको बताएका थिए ।

Advertisement
Advertisement

भारतीय समाचार एजेन्सी पीटीआईले एक उच्च सरकारी अधिकारीलाई उद्धृत गर्दै १ जुलाई १९८७ भन्दा अघि भारतमा जन्मेका वा त्यसअघि बाबुआमा भारतमा जन्मेका व्यक्ति स्वतः भारतीय नागरिक हुने र उनीहरू नागरिकता संशोधन कानुन र एनआरसीलाई लिएर चिन्तित हुनुनपर्ने जनाएको छ ।

भर्खरको समाचार

विद्यालयमा लाग्यो नयाँ नियम, बिदा घट्यो, खाजा र प्रार्थना समय नयाँ

Sikshya mantralaya

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

क्यालिफोर्नियाकी मेयर नै चिनियाँ एजेन्ट, आफैले गरिन् स्वीकार

ZYbBf806FnigaeMXWRonMccO6UZ2ukc8gLuQiCuWk3F0R91fnD0P28Konn655g_I21_iIgCqCl9WNCZkNv1et94VK7RcBLXQjSF5rvK6C4vlPbZuRd9Hn-EvpcP-kDpamWP6Q0k2guJMscea44meh8a0ARTg2zu-n8isdVKQ66CUR9Dq57zy45jSZdEg5n9W

संसद्मा दुई तिहाइ नजिकको सरकारमाथि विपक्षी भारी

0a282586-2f03-4924-a629-bd67ca872b11

शिक्षा क्षेत्रमा बालेन–सस्मित ’म्याजिक’: तोडियो रेकर्ड

Exam-Board

प्रधानमन्त्री बालेनको पोसाक र मर्यादाःसमाचार टिप्पणी

677108931_958688953417789_3450960544499223528_n

हाल कस्तो छ मुलुकको अर्थतन्त्र?

????????????????????????????????????

आज अधिकांश स्थानमा वर्षा जारी

mausam-2075-12-18-768x388

संसद्मा बालेनको Walkout कि रामचन्द्रको Knockout ?

698876326_975596528393698_4871626423866380974_n

कर घट्ने, कमाइ बढ्ने? सरकारको नयाँ गेमप्लान, घर बसेरै ‘डलर कमाउने’

nepali paisa

सम्बन्धित खबरहरु

Scroll to Top