सवारी ज्यान मुद्दामा दोषी ठहरीएका विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

६ पौष, बारा । प्रहरीले विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत भेडिहरलाई आइतबार घरबाटै नियन्त्रणमा लिएको छ । सवारी ज्यान मुद्दामा अदालतबाट दोषी ठहर भएका भेडिहरलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको प्रहरी उपरीक्षक विकासराज खनालले बताए ।

उनका अनुसार अध्यक्ष भेडिहरलाई आइतबारै अदालतमा हाजिरी गराई अदालतको आदेशअनुसार कैद सुजाय भुक्तानको लागि साँझ कारागार पठाइनेछ ।

२०६१ सालमा एक वृद्धालाई आफैंले चलाएको बाइकबाट दुर्घटना भएपछि वृद्धाको मृत्यु भएको थियो । उक्त घटनामा बारा जिल्ला अदालतले २०६३ भदौ २९ गते भेडिहरलाई दोषी ठहर गर्दै उनलाई २९ दिन कैद र २ हजार जरिवाना सजाय सुनाएको थियो ।

घटना भएको १५ वर्षसम्म उनी बाहिरै थिए । फौजदारी अपराधमा कसुरदार भएर पनि उनी चुनाव लडेर गाउँपालिका अध्यक्षमा निर्वा्चित भएका थिए ।

विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टीबाट उनी चुनाव लडेका थिए । दोस्रो मधेस आन्दोलन ताका उनलाई वीरगन्जमा प्रदर्शनको क्रममा प्रहरीको गोली लागेको थियो। उपचारबाट समान्य भएपछि उनी चुनाव लडेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top