७ पुस, संखुवासभा ।
संखुवासभाको पाचँखपन नगरपालिका–४ तल्लोहोक्से भन्ने स्थानमा टाँडेघरको माथिबाट खसेर १ जनाको मृत्यु भएको छ । आईतबार साँझ स्थानीय ६८ बर्षिय कर्णबहादुर जोगी आफ्नै टाँडेघरको माथिल्लो तलाबाट अचानक भुईमा खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ईलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीको टोलीले घटनास्थल सुरक्षित राखेको थियो भने कानूनी प्रकृयाका लागि जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरीको टोली खटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।