निशुल्क तालिम दिने भौचर मेला सम्पन्न

८ पुस, काठमाडौँ ।
दुई दिने भौचर मेला मंगलबार सम्पन्न भएको छ । व्यवसायिक शिक्षा तथा तालिम अभिवृद्धि परियोजनाको आयोजनामा भएको मेला मंगलबार सम्पन्न भएको हो ।

भौचरमा आधारित छोटो अवधिको तालिममा सहभागि हुन आवेदन दिएका मध्ये छनौट भएकाहरुलाई भौचर वितरण गर्ने उद्देश्यले सोमबार र मंगलबार गरी दुई दिने मेलाको आयोजना गरिएको थियो । मेलाबाट सहभागिहरुले भौचर लिएर आफुलाई पायक पर्ने ठाउँमा छनौट भएका तालिम केन्द्रबाट तालिम लिन सक्ने परियोजना निर्देशक चन्द्रकान्त भूसालले बताए । तालिमको सम्पूर्ण शूल्क भौचरका आधारमा सरकारले व्यहोर्ने र सहभागिको कुनै शूल्क नलाग्ने उनले बताए ।

यो आर्थिक वर्षमा ३१ हजार ७५० युवाहरुलाई तालिम दिने उद्देश्यले उपत्यकाभन्दा बाहिर नतिजामा आधारित र उपत्यका भित्र भौचरमा आधारित छोटो अवधिको तालिमको आयोजना गर्ने लक्ष्यसहित भौचर मेलाको आयोजना गरिएको थियो ।

भौचर मेलामा सहभागि हुन २६ हजार ३५९ जनाले आवेदन दिएपनि १० हजार ९४१ जनालाई भौचर वितरण गर्ने लक्ष्य राखिएको थियो । सुविधाहिन समूहका दलित, लोपोन्मुख, सिमान्तकृत जनजातिहरुका लागि रोजगारीको अवसर सिर्जना गर्ने उद्देश्यले परियोजना सुरु गरिएको हो ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top