८ पुस, विराटनगर ।
रोटरी क्लव अफ विराटनगर डाउनटाउनले मोरङको कटहरीमा बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । रोटरी आरोग्य मिसन अन्तर्गत मंगलबार कटहरी–१ स्थित खोरिया चोकमा रहेको अनन्त ज्योति विद्या मन्दिरमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।
विराट मेडिकल एण्ड टिचिङ हस्पिटलको प्राविधिक सहयोगमा सञ्चालन गरिएको स्वास्थ्य शिविरमा ५ सय ६० जनाले स्वास्थ्य जाँच गराएको रोटरी क्लव अफ विराटनगर डाउनटाउनकी अध्यक्ष अर्चना तापरियाले जानकारी दिइन् ।
स्वास्थ्य शिविरमा हाडजोर्नी तथा नसा रोग, स्त्री तथा प्रसुति रोग, नाक कान तथा घाँटी रोग, छाला तथा चर्म रोगको , आँखा जाँच लगायतका जाँच गरिनुका साथै जेनेरल फिजिसियनको सेवा उपलब्ध गराइएको थियो । शिविरमा अल्ट्रासाउण्ड, इसीजीको सेवा पनि उपलब्ध थियो भने बिरामीका लागि औषधिको समेत ब्यबस्था गरिएको थियो ।