प्रेस काउन्सिल संघीय संरचनामा जाने

बेँसीशहर– मुलुकमा संघीयता कार्यान्वयन भएसँगै प्रेस काउन्सिल नेपाललाई पनि संघीय संरचनानुसार अघि बढाउने निर्णय भएको छ ।  पर्यटीय गाउँ काउलेपानीमा शनिबार भएको बैठकले काउन्सिललाई संघीय संरचनाअनुसार अघि बढाउन नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यको संयोजकत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका सदस्यमा काउन्सिलका सदस्य सुदर्शन आचार्य, नवलकिशोर यादव, शुभेच्छाविन्दु तुलाधर र खिलबहादुर भण्डारी रहेका छन् ।

काउन्सिलका कावा अध्यक्ष किशोर श्रेष्ठको अध्यक्षतामा भएको बैठकले पत्रकार आचारसंहिता जागरण कार्यक्रम सञ्चालन गरी पत्रकारिता क्षेत्रसँग सम्बन्धित गुनासो सम्बोधन गर्न र स्थानीय तहसँग समन्वय गर्न काउन्सिलका सदस्य गोविन्द चौलागाईंलाई जिम्मेवारी दिएको छ ।

पर्यटकीय गाउँ काउलेपानीलगायत लमजुङका सबै पर्यटकीय गाउँको विकास र प्रवद्र्धनका लागि काउन्सिलले पहल गर्ने निर्णय भएको सूचना विभागका महानिर्देशक एवं काउन्सिलका सदस्य सचिव वीरबहादुर राईले जानकारी दिए । बैठकअघि काउन्सिल पदाधिकारी र महासंघका अध्यक्षले स्थानीय पत्रकारसँग अन्तक्र्रिया गरेका थिए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top