आजका प्रमुख खबरहरुः
१.(नर बलिको पर्दाफास)
मोडलिङ गर्ने भन्दै एक युवतीलाई विराटनगरहुदै भारत पुर्याई तान्त्रिकपुजा गरी बलिदिने योजनामा संलग्न ७ जना विराटनगरबाट पक्राउ / युवतीलाई मोडलिङका लागि नेपालभारत सीमामा डकुमेन्ट्रीको छायांकन गर्नुपर्ने भन्दै त्यसबापत राम्रो रकमदिने प्रलोभन देखाएको खुलासा ।
२.(सूर्यग्रहण हेर्नु भो ?)
यस वर्षको अन्तिम खण्डग्रास सूर्यग्रहण विहान ११ बजेर ३१ मिनेटमा मोक्ष / २ घण्टा ४९ मिनेट लागेको सूर्यग्रहण नेपाललगायत विभिन्न देशमा फरक फरक समयमा देखियो ।
३.(के गर्लिन तुम्बाहाङ्फेले ?)
उपसभामुखशिवमायातुम्बाहाङ्फेले बिहीबार दिने भने राजीनामा शुक्रबारकालागि सर्यो / पुस १४ गते हुने सभामुख निर्वाचनबाट तुम्बाहाङ्फे नै सभामुख बन्ने सम्भावना बलियो ।
४.(गोकर्ण प्रकरण)
गोकर्ण रिसोर्टको लिजअवधिथप्ने निर्णय कानूनअनुसार नै भएको सरकारको प्रस्टोक्ति / नेपाल ट्रस्टको चलअचल सम्पत्तिको प्रयोग कानूनले निर्देशन गरे अनुसार नै गरेको ईश्वर पोखरेलको दावी ।
५.(कालीपानी कथा नबनोस्)
कालापानीको सीमाविवादवार्ताबाट समाधानहुुने परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भनाई / पार्टी एकताप्रक्रियाकाबाँकीकाम पुस मसान्तसम्म सकेपछि पार्टी र सरकारका काम तीव ्रगतिमा अघि बढ्ने उल्लेख ।
६.(पुननिर्माणको प्रगति)
पुननिर्माणमा ८३ प्रतिशत उपलब्धीहासिल गरेको राष्ट्रिय पुननिर्माण प्राधिकरणको भनाई / ८३ प्रतिशतउपलब्धीमध्ये ६९ प्रतिशत सम्पन्नभइसकेको र १४ प्रतिशत पुननिर्माणको क्रममा ।
७.(कहाँ गए सांसद ?)
प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठक स्थगित / सांसदहरुको गणपुरक संख्यानपुगेपछि राजश्व परिचालन, बजेट कार्यान्वयन र पूँजिगतखर्च लगायत समष्टिगत अर्थतन्त्रका परिसूचकमाथिको छलफल हुनसकेन ।
८.(अवैध धन्दा)
भन्सार छलेर ल्याएकाकरिब ५५ लाख रुपैयाँ बराबरका फोन र आइप्याडसहित २७वर्षीय निकेश शाक्य र रेश्माश्रेष्ठ काठमाडौंबाट पक्राउ / नगद १५ लाख७७हजार, एमएमबी बैंकको ५ लाख७३ हजारको चेक समेत बरामद ।
९.(शंकामा ब्रिटिस काउन्सिल)
कर छलीको आरोपमा ब्रिटिस काउन्सिलमाथि छानबिन हुने / अनुमतिविना परीक्षार्थीहरूसँग करोडौं रकमअसुल गरेको, कर पनि नतिरेको आरोपमा छानबिन गर्न संसदीय समितिको सरकारलाई निर्देशन ।
१०.(कृषि क्रान्तिको तयारी)
बिउ बिजनको गुणस्तर नै जाँच्न नसके कृषि क्रान्तिहुन नसक्ने सांसदहरुको भनाई / प्रत्येक प्रदेशमाआधुनिकप्रयोगशालानिर्माण हुनुपर्ने र त्यसको अधिकार प्रदेश सरकारलाई दिनुपर्नेमाग ।
११.(कलाको कदर)
नेपाल र चिनीयाँ कलाकारको मैत्रीकलाप्रर्दशनी काठमाडौमा सुरु / प्रदर्शनीले दुई देशबीचप्राचीनकालदेखि कायम धार्मिक, सामाजिक, सांस्कृतिकतथा राजनीतिक सम्बन्धलाई अझ मजबुत बनाउन मद्दत पु¥याउने विश्वास ।
१२.(नेपालीलाई आममाफी)
कतारको राष्ट्रिय दिवसको अवसरमा जेलमा रहेका ९ नेपालीले पाए आममाफी / स्वदेशफिर्तिकालागिआममाफीपाएकामध्ये चार जनाको पासपोर्ट नभएकाले यात्राअनुमतीपत्र घरफिर्ती केन्द्रमाउपलब्ध गराएको नेपालदूतावासको भनाई ।
१३.(लयमा मनाङ)
शहीद स्मारक ए डिभिजन लिगमामनाङ मसर््याङदीको अपराजितयात्राकायमै / ब्रिगेड ब्वाइज एक शून्यले पराजित / लगातार तीन खेलमाजितनिकाल्दै मनाङ लिगको शीर्ष स्थानमा ।
१४.(उपाधि नजिक विराटनगर)
बुटवल ब्लास्टर्सलाई हराउँदै विराटनगर टाइटन्स पोखरा प्रिमियर लिगको फाइनलमा प्रवेश / बुटबल विराटनगरसंग २१ रनले पराजित / उपाधिका लागि शनिबार विराटनगरले चितवन राईनोजसंग खेल्ने ।
र,
१५.(हत्याको बदला मृत्युदण्ड)
जापानमा चारजनाको परिवारको हत्याका दोषी ४० वर्षीय एक चिनियाँनागरिकलाई मृत्युदण्डको सजाय / भागेर चीन पुगेका हत्यामा संलग्नअन्यदुई चिनियाँ मध्ये एकलाई चीनमै मृत्युदण्डको सजाय ।