बलिउड अभिनेता कुशल पञ्जाबीद्वारा आत्महत्या

११ पौष, एजेन्सी । बलिउडका अभिनेता तथा टेलिसिरियल कलाकार कुशल पञ्जाबीले आत्महत्या गरेका छन्। उनी बिहीबार ११ बजे पञ्जाबी मुम्बई बान्द्रास्थित घरमा मृत अवस्थामा फेला परेका हुन् ।

Advertisement

४२ वर्षीय पञ्जाबीको घरबाट उनको नोट समेत भेटिएको बान्द्रा प्रहरीले जनाएको छ। नोटमा आफ्नो मृत्युको आरोप कसैलाई लाग्न नहुने बताइएको भारतीय सञ्चारमाध्यम द हिन्दुुले जनाएको छ। प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

पञ्जाबीको स्थिर शरीर देखेपछि छिमेकीले प्रहरीलाई जानकारी दिएका थिए। लगत्तै पोष्टमार्टमका लागि अस्पताल पुर्‍याइएको थियो। तर अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

Advertisement

उनी फियर फ्याक्टर, सिआईडी, लभ म्यारिज लगायतका टेलिसिरियलमा काम गरिसकेका छन्। सन् २०११मा जोरका झड्का ‘वाईपआउट’ नामक रियालिटी शोका विजेता समेत रहेका उनी टेलिसिरियलमा मात्रै नभइ केही बलिउड फिल्ममा समेत सामेल थिए ।

उनले दन दनादन गोल, लक्ष्य, बम्बई बोइज, काल लगायतका सिनेमामा कलकारिता गरेका थिए। कुशलको मृत्यु पछि उनका साथी करणविर सिंहले सामाजिक सञ्जालमा दुख व्यक्त गरेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top