×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

विराटनगरलाई हराउँदै चितवन राइनोजले हात पार्यो पीपीएलको उपाधि

१२ पुष २०७६

१२ पुस, विराटनगर ।

दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि चितवन राइनोजले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै पारस खड्का कप्तान रहेको चितवन च्याम्पियन बनेको हो ।

Advertisement
Advertisement

जितको लागि २ सय ३ रनको विशाल लक्ष्य पछ्याएको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७० रन बनायो । जितसँगैै च्याम्पियन चितवनले २७ लाख र उप विजेता विराटनगरले १० लाख प्राप्त गरेका छन् ।

विराटनगरका लागि पाकिस्तानका मोहम्मद जैद आलमले सर्वाधिक ५७ रनको योगदान दिए । रोहन मुस्तफाको १५ औं ओभरको पहिलो बलमा ठूलो सट खेल्ने क्रममा आलम भुवन कार्कीबाट क्याच हुनुअघि ४८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे । दोस्रो ओभरको पहिलो बलमै ओपनर सुनिल धमलालाई सन्नी पटेलले ४ रनमा बोल्ड आउट गरे ।

करण केसीको तेस्रो ओभरको पहिलो बलमा ठूलो सट खेलेका लोकेश बमलाई बाबर हायतले स्टेटमा १ रनमा उत्कृष्ट क्याच लिएपछि विराटनगर दबाबमा परेको थियो । दुई पाकिस्तानी ब्याट्सम्यान नोमन खान र मोहम्मद जैद आलमले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गर्दै इनिङ उकासेका थिए । दशौं ओभरको पाँचौ बलमा नोमन खान तीन रन लिनेक्रममा आरिफ शेखले सिधै स्टम्पमा ताकेपछि १८ रनमा पेभिलिएन फर्किनु परेको थियो । नोमनले खानले १८ बलमा २ चौका प्रहार गरे ।

तल्लोक्रममा भारतीय अलराउन्डर पुनित मेहराले १३ बलमा २ चौका र ३ छक्का ३२ सहित रन जोड्दै खेललाई रोमान्चक बनाएका थिए । पुनित १८ औं ओभरको अन्तिम बलमा विक्रम शोबबाट क्याच आउट भए । कप्तान प्रदीप ऐरीले २५ बलमा ३ चौका र १ छक्कासहित ३६ रन जोडे । करणको बलमा आरिफ शेखले डिप एक्स्ट्रा कभरमा डाइभ दिँदै उत्कृष्ट क्याच लिएपछि विराटनगरको आशा समाप्त भएको थियो । चितवनका लागि सन्नी पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । करणले ३ तथा रोहन मुस्तफाले १ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चितवनले २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। चितवनका अनिल कुमार शाहले ३४ बलमा ३ चौका र ३ छक्का सहित ५० रनमा क्याच आउट भए । अनिललाई १६ औं ओभरको पहिलो बलमा पुनित मेहराले मोहम्मद जैदबाट क्याच गराए ।

अनिल आउट भएको तीन बलपछि रोहन मुस्तफापनि ५० रनमा आउट हुन पुगे । रोहन नोमन खानबाट ५० रनमा समातिन पुगे । रोहनले ४३ बलमा ३ चौका र १ छक्का प्रहार गरे । तेस्रो विकेटका लागि अनिल कुमार शाह र रोहन मुस्तफाले ९५ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

ओपनर पारस खड्का र रोहन मुस्तफाले पहिलो विकेटका लागि ३=२ ओभरमा ३६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए । पारस खड्कालाई किशोर महतोले डीप स्क्वायर लेगमा पाकिस्तानका अलराउन्डर नोमन खानबाट २५ रनमा क्याच गराए । पारसले ११ बलमा ४ चौका र १ छक्का प्रहार गरे । पाँचौ ओभरको चौथो बलमा मोहम्मद जैदले बाबर हायतलाई ५ रनमा बोल्ड गरे ।

तल्लोक्रममा आरिफ शेखले ११ बलमा १ चौका र २ छक्का सहित १९ रनमा जितेन्द्र मुखियाबाट क्याच हुन पुगे । आरिफलाई १९ औं ओभरको पहिलो बलमा जैदले क्याच गराएका थिए । सन्नी पटेल ८ बलमा २ चौका सहित १६ रनमा अविजित रहे । करण केसीले पनि आक्रामक ब्याटिङ गर्दै ८ बलमा २ चौका र २ छक्कासहित २६ रन जोडे ।

Advertisement

विराटनगरका पुनित मेहराले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । मोहम्मद जैद आलमले ४ ओभरमा ३६ रन खर्चेर २ र किशोर महतोले १ विकेट लिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top