विराटनगरको जुत्ता मेलामा थामी नसक्नुको भीड

१२ पुस ७६, आइतबार

१२ पुस, विराटनगर ।
पुस १ गतेदेखि विराटनगरमा जारी जुत्ता चप्पल मेलामा ग्राहकहरु दिनप्रतिदिन ग्राहकहरु बढ्दै गईरहेका छन् । नेपाली जुत्ता घरको आयोजनामा विराटनगर–७ स्थित जैन भवनमा जारी मेलामा मेला अन्त्यतिर आईपुग्दा पनि ग्राहकहरु दिनप्रतिदिन बढ्दै गएका हुन् ।

Advertisement

बजारमा भन्दा सस्तो , गुणस्तरीय र आकर्षक छुटको व्यवस्था भएकाले जुत्ता चप्पल किन्नेको भीड क्रमश बढ्दै गएको छ । एक सय रुपैयादेखि १० हजार रुपैँयासम्मका जुत्ताचप्पलहरु राखिएको मेलामा जुत्ता चप्पलको खरिदमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको छ । मेलाबाट निस्किने ग्राहकहरु हँसिलो मुहार लिएर निस्कने गरेका छन् । अघिल्लो पटक खरिद गरेको जुत्ता चप्पल टिकाउ भएको र बजारभन्दा सस्तो पाइने भएकोले मेलामा आएको विराटनगरकी भगवती खनालले बताइन् । बाहिरभन्दा सस्तो र राम्रो जुत्ताचप्पल पाइएको उनको भनाई छ ।

मेलामा ग्राहकहरुको भीँड बढ्दै गरेको र दैनिक सात लाखभन्दा माथि कारोबार भइरहेको विराट जुत्ता चप्पल मेला २०७६ का सेल्स मेनेजर तथा बिएफ डियर हिल सुजका मेनेजर गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।मेलामा ग्राहकको भीँड यसरी नै बढ्दै गए पुसभरी लाग्न सक्ने उनले जानकारी दिए ।

Advertisement

जुत्ता चप्पल मेलामा शिखर सुज, वि.एफ डियर हिल सुज, रन सुज, शु लैण्ड, लैण्ड वाक, हाईलाईफु सुज एण्ड स्लिपर ब्राण्डका जुत्ता चप्पलहरु प्रदर्शनी तथा विक्रीका लागि राखिएको छ ।सो मेलामा १ लाख पचास हजारले अवलोकन गर्ने र १ करोड ५० लाख रुपैंयाको कारोबार हुने आयोजकको अपेक्षा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top