जनताको भावनालाई सम्बोधन गर्न पहल गर्छु : सभामुख महरा

जनताको भावनालाई सम्बोधन गर्न पहल गर्छु : सभामुख महरा

काठमाडौं, फागुन २८
नवनिर्वाचित सभामुख कृष्णबहादुर महराले प्रतिनिधिसभामार्फत् जनताको भावनालाई सम्बोधन गर्न आफूले अधिकतम पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सोमबार सिंहदरबारस्थित कार्यालयमा पुगेर पदभार ग्रहण गर्दै सभामुख महराले प्रतिनिधिसभा जनताको भावना प्रतिनिधित्व गर्ने सर्वोच्च थलो भएको उल्लेख गर्दै जनताको भावनालाई सम्बोधन गराउन आवश्यक वातावरण निर्माण गर्न नेतृत्व प्रदान गर्ने योजना पनि सुनाए ।

उनले संचारकर्मीमाझ संविधानअनुसार कानुन निर्माण गर्न लागिपर्ने पनि स्पष्ट पारे । सभामुख महराले प्रतिनिधिसभालाई संविधान, कानुनको परिधिभित्र रहेर संचालन गर्ने प्रतिवद्धता पनि दोहो¥याए ।

गत शनिबार सभामुखमा निर्विरोध निर्वाचित भएका महराले नयाँ संविधानको भावनाअनुसार मुलुकमा संविधान निर्माण गर्ने नेतृत्वदायी भूमिका पनि आफूलाई प्राप्त भएको स्मरण गराए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.