१७ पुस, बाजुरा ।
बाजुराको हिमाली गाउँपालिका ७ बाधुको कालडाँडा भीरबाट कर्णाली नदीमा जिप खस्दा ४ जनाको मृत्यु भएको छ । बिहीबार से १ ज १०६४ नम्बरको जिप कर्णाली नदीमा खसेर दुर्घटना भएको हो।
प्रहरीका अनुसार ९ जना जति यात्रु रहेको खुल्न आएको बताएको छ । जिल्ला प्रहरी कार्यलय बाजुराका प्रहरी प्रमुख उद्धबसिंह भाटका एकजना अहिले पनि वेपत्ता छन् भने चारजना भने घाइते अवस्थामा फेला परेका छन् ।
४ जनामध्ये गाडी चालक तथा गाडी मालिक जगन्नाथ गाँउपालिका गोत्री घर भएका रमेश शाहीको पहिचान भएको प्रहरीले जनाएको छ । जिप हिमाली गाँउपालिकाको धुलाचौर बाट कोल्टीतर्फ आउँदै गरेको बुझिएको छ । घाइतेलाई उद्धार गरी उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याउँदै गरेको प्रहरीले जनाएको छ ।
सडकबाट ५ सय मिटर तल ठूलो भीरबाट नदीमा खसेको जानकारी आएको छ ।