चट्याङ लाग्दा पाहुना गएका ५ जना घाइते

चट्याङ लाग्दा पाहुना गएका ५ जना घाइते

१८ पुस, नेपालगञ्ज ।
नेपालगञ्ज–१३ का गुरुदिन खटिकको घरमा परेको चट्याङ लाग्दा बाँकेमा पाँच जना घाइते भएका छन् ।

बिहान पौने सात बजे चट्याङ पर्दा रामसुप खटिक, राधिकराम खटिक, शुगी खटिक र खुशीराम खटिक घाइते भएका छन् । खुशी कोहलपुर निवासी हुन् । उनी गुरुदिनको घरमा पाहुना आएका थिए ।

घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको छ । घरमाथि चट्याङ परेको र त्यसको झिल्कोले उनीहरु घाइते भएका थिए । चट्याङले गुरुदिनको एउटा बंगुर मरेको छ ।

बाँकेलगायत यस क्षेत्रमा विहानपख पानीसँगै चट्याङ परेको थियो । केहीबेर एकोहोरो चट्याङको आवाजले स्थानीय त्रसित भएका थिए । हिमाली तथा पहाडी जिल्लामा हिऊ पर्दा बाँके र बर्दियालगायत तराईका जिल्लामा पानी परेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.