ट्रम्पको टाउको ल्याउनेलाई ८ करोड डलर पुरस्कार दिने इरानको घोषणा

२१ पुस, तेहरान ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई इरानले ८ करोड डलर पुरस्कार दिने घोषणा गरेको छ। इरानका विशेष सैन्य प्रमुख कासिम सुलेमानीको अमेरिकाले हत्या गरेपछि आक्रोशित इरानले सुलेमानीको अन्त्येष्टिका क्रममा हजारौँको उपस्थिति भएका बेला यस्तो घोषणा गरेको हो।

इरानले प्रत्यक्ष टेलिभिजन प्रसारण मार्फत ट्रम्पको टाउकोको मूल्य तोकेको हो। इरानले आफ्नो जनसंख्या बराबर ट्रम्पको टाउकोको मूल्य तोकिएको जनाएको छ।
‘इरानमा ८ करोड बासिन्दा छन्’, द सनले इरानी सरकारी टेलिभिजनलाई उद्धृत गर्दै लेखेको छ, ‘यो जनसंख्यामा आधारित हुँदै हामी ८० मिलियन डलर खर्च गर्न चाहन्छौँ, जुन राष्ट्रपति ट्रम्पको टाउको ल्याउनेलाई पुरस्कार हो।’

लगत्तै राष्ट्रपति ट्रम्पले आइतबार मात्रै ट्वीटरमार्फत इरानको आक्रमणको जवाफ नयाँ हतियारबाट गर्ने चेतावनी दिएका थिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top