प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग बन्द गर्ने मन्त्री पण्डीतको उद्घोष

२८ फागुन ७४, मंगलबार

काठमाडौं, फागुन २९
जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले प्लाष्टिकका झोलाको उत्पादन र वितरण बन्द गर्ने उद्घोष गरेका छन् ।

Advertisement

मन्त्रालय पुगेको नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ नेतृत्वको टोलीसँग मन्त्री पण्डितले वातावरण प्रदूषण न्यूनिकरण गरी स्वच्छ राख्न प्लाष्टिकका झोला उत्पादन गर्ने उद्योग नै बन्द गरेर विक्रि बितरण समेत बन्द गर्ने उद्घोष गरेका हुन् ।

भेटमा वातावरणीय प्रदुषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनपर्ने तथा सडक निर्माण उच्च गुणस्तरको हुनुपर्ने र २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरु बिस्थापन गर्नुपर्ने बिषयमा छलफल भएको थियो ।

Advertisement

उक्त अवसरमा मन्त्री पण्डितले वातावरण प्रदुषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका उच्च रहेको भन्दै सडकलाइ स्वच्छ राख्न सवै व्यवसायीहरुलाई सडकमा फोहर नफाली फोहर राख्ने वाल्टीनमा राख्न सन्देश दिनुपर्ने बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top