×

NEPAL TIMES UPDATES

Playing
आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ? || Nepal Times
May 06, 2026
Playing
अब मालपोतको काम पालिका र वडाबाट || Nepal Times
May 05, 2026
Playing
विश्वभर सकिँदै गए कम्युनिष्टहरू, जनताले किन पत्याउन छाडे ?|| Nepal Times
May 05, 2026
Playing
समुद्रमा फसेका ५ भारतीयलाई पाकिस्तानले गर्याे उद्धार|| Nepal Times
May 05, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-22-2083 || Nepal Times
May 05, 2026
Playing
विजयको विजय देखेर तीनछक्क, औँठी र ग्यास सिलिन्डरले कसरी बदल्यो नतिजा? || Nepal Times
May 05, 2026
Playing
किराँतीले नपत्याएका हर्कसंग अब कुलमानले पार्टी एकता गर्ने || Nepal Times
May 05, 2026
Playing
रुसमा न्यूक्लियर लिकः अब Putinले नछाड्ने,जापोरिजि‍यामा के भयो ? || Nepal Times
May 05, 2026
Playing
सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो|| Nepal Times
May 05, 2026
Playing
कुक र टाइपिस्टको बहानामा बन्धकः क्याम्बोडियामा नेपाली नै किन फस्छन् ?|| Nepal Times
May 05, 2026

कसको विश्वास ! आफन्तबाटै बेचिन्छन् छोरीचेली

२६ पुष २०७६

२६ पुस, काठमाडौँ । अवरुद्ध घाँटी अनि आँखामा टिलपिल आँशु । नुवाकोटकी २१ वर्षीय रानू मगर (नाम परिवर्तन) लाई पीडा पोख्न गाह्रो भइरहेको थियो । भारतको कोठीमा ६ वर्ष बिताएको त्यो क्षण बयान गर्न उनी ठूलो हिम्मत जुटाउँदै थिइन् । मुखबाट शब्द फुट्न नपाउँदै रानू भक्कानिन्थिन् । अनि घरिघरि भनिरहन्थिन्, ‘मैले जस्तो पीडा कुनै चेलीले भोग्न नपरोस् ।’

आफ्नै काका–काकीले उनलाई भारतको कोठीमा पुर्‍याएका थिए । त्यतिबेला उनी मात्र १५ वर्षकी थिइन् । उमेर सानो भएकाले हर्मोन परिवर्तन गर्ने इन्जिेक्सन लगाएर वयस्क बनाइयो । काठमाडौंमा हुँदा उनी होटलमा भाँडा माझ्ने काम गर्थिन् ।

Advertisement
Advertisement

चप्पल कारखानामा काम लगाई दिने भन्दै उनलाई भारत पुर्‍याइएको थियो । रानूले भारतका भिन्दाभिन्दै कोठीमा शोषण सहेर बस्नु पर्‍यो । बेचिएपछि रानूले धेरैपटक भाग्ने प्रयास गरिन् । ‘हरेक दिनको कुटाइ र पीडा सहन गाह्रो हुथ्यो’, उनले भनिन् ।

उद्धारका लागि आएका दाजुभाइ, बेचिएका अन्य महिलाले पनि धेरैपटक भाग्न सुझाए । तर भागेर कहाँ जाने ? कसलाई गुहार माग्ने ? रानुलाई केही थाहा थिएन । भाग्न खोज्दा कोठीकै मान्छेले कुट्थे । रानू एक साथीलाई थला पर्ने गरी कुटेको सम्झन्छिन् ।

निरन्तरको कुटाइले किशोरीहरू मानसिक पीडामा हुन्थे । डर र त्रासमा बाँच्थे । सधैं असह्य पीडा दिन थालेपछि रानूले भाग्ने विचार नै त्यागिन् र कोठीको अँध्यारो कोठालाई नै संसार मान्न थालिन् ।

केही महिनाअघि माइती नेपालले रानूलाई उद्धार गरी नेपाल फर्काएको छ । कोठीबाट फिर्ता भए पनि उनलाई समाजको सामना गर्न सजिलो छैन । चरित्रप्रति औंला ठड्याउने चिन्ता छ उनलाई । समाजले लगाउने लान्छना कोठीमा बिताएको रातभन्दा पनि भयानक ठान्छिन् उनी ।

उनी सुनाउँछिन्, ‘आफन्त भनेर विश्वास गर्न नहुने रहेछ । आफ्नैले भारतको कोठीसम्म पुगें।’ नेपाल आइपुग्दा उनले नेपाली भाषा नै बोल्न सकेकी थिइनन् । उनैको उजुरीको आधारमा डेढ महिनाअघि उनका काका र काकी कारबाहीमा परिसके ।

मानव बेचबिखन अनुसन्धान ब्यूरो, बबरमहलको २०७५ कात्तिक ११ गते देखि ०७६ मंसिर १६ गतेसम्मको तथ्यांकमा २ सय ७२ जनालाई विभिन्न मुलुकबाट उद्धार गरिएको छ । जसमा महिला २ सय ६ र पुरुष ६६ जना छन् । नेपाली महिला भारतीय यौनबजारमा बढी पुगेका छन् । २६ प्रतिशत पीडित १८ वर्षभन्दा कम छन् । राष्ट्रिय मानव अधिकार आयोगको ०७६ को प्रतिवेदनले हरेक वर्ष १ हजार महिला तथा बालिका भारतबाट उद्धार गरी फर्काउने गरेको देखाउँछ ।

बेचबिखनमा परेकालाई भारतलगायत कुवेत, लिबियाजस्ता देशबाट उद्धार गरिएको ब्यूरोका कार्यकारी निर्देशक अनुपम राणाले बताए । केन्या, इन्डोनेसिया, मालवी, म्यानमारमा समेत नेपाली बेचिएका छन् । भारतको मणिपुर, मिजुराम र दिल्लीबाट मात्र २ सय १५ लाई उद्धार गरिएको छ । राणा भन्छन्, ‘प्रायः आफन्तबाटै बेचिन्छन् । सामाजिक सञ्जालको बढ्दो प्रयोगले यसमा अझै बल पुर्‍याएको छ ।’

माइती नेपालकी संस्थापक अध्यक्ष अनुराधा कोइरालाका अनुसार सोच्दै नसोचेका स्थानमा नेपाली चेली बेचिएका छन् । बेचबिखनको तरिका र माध्यमसमेत परिवर्तन भएको कोइरालाले बताइन् ।

Advertisement
Advertisement

‘हामी दुबईलाई राम्रो ठाउँ सोच्छौं तर त्यहाँ पनि नेपाली महिला बेचिएका छन्’, उनले भनिन्, बेचबिखनको तौरतरिका परिवर्तन हुँदा उद्धार गरेर नेपाल फर्काउन चुनौती थपिएको छ ।’ नेपालका करिब १५ लाख मानिस बेचबिखनको जोखिममा छन् । तीमध्ये १३ देखि १९ वर्षका १२ लाख ग्रामीण किशोरी जोखिममा छन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

भर्खरको समाचार

आज विहानैदेखि वर्षा, कहाँको मौसम कस्तो छ ?

mausam-2075-12-18-768x388

सुकुम्बासीहरूको टहरो धुलो बन्यो, न्यायको ढोका उघिँर्दा ढिलो भइसक्यो

682708147_966401619313189_6197832107574502867_n

विश्वकप लिग २ः नेपालले ओमानसँग लियो बदला,८१ रनले हरायो

689481806_1441361924686850_3272500033407114037_n

सहकारीका बचतकर्ताको रकम जेठदेखि फिर्ता, ४६ अर्ब फिर्ता गर्नुपर्ने

nepali paisa

बहुप्रतिक्षित नागढुंगा सुरुङमार्ग चीनले चलाउने,साउनदेखि गाडी गुड्ने

Nagdhunga Tunnel_NPL_DSC03473

गौशाला धर्मशालामा मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

hotel ananda pashupatinath

थलापति’ विजयः फिल्म छोडेर सिधै मुख्यमन्त्री

bijay thalapati

राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद् सम्बन्धी अध्यादेश

Nepali Congress President candidate Ram Chandra Paudel waves while casting vote in the election during the party's 13th national general convention in Kathmandu on Sunday, March 6, 2016. Photo: RSS

इरानका ७ जहाज अमेरिकाले डुबायो,विश्वको नक्साबाटै मेटाइदिने ट्रम्पको चेतावनी

Screenshot 2026-05-05 123807

शेखर गोल्छा फेरि किन पक्राउ परे ?धरौटी बुझाए लगत्तै नियन्त्रणमा

Shekhar-Golchha-Final

सम्बन्धित खबरहरु

Scroll to Top