×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

ए डिभिजन लिगमा जाउलाखेल युथ क्लबलाई हराउँदै मच्छिन्द्र लिगको शीर्ष स्थानमा

२६ पुष २०७६

२६ पौष, काठमाडौं । कतार एयरवेज शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले चौथो जित निकालेको छ । जितसँगै मच्छिन्द्र केही समयका लागि भएपनि लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

दशरथ रंगशालामा भएको खेलमा मच्छिन्द्रले जाउलाखेल युथ क्लबलाई १(० ले हरायो । स्टार खेलाडीले भरिएको मच्छिन्द्रविरुद्ध खेलको १० औँ मिनेटमा जाउलाखेलका हरि कठायतले उत्कृष्ट मौका खेर फाले ।

Advertisement
Advertisement

त्यसपछि २३ औँ मिनेटमा फेरि हरि कठायतले पाएको निकै राम्रो मौका खेर फाले। ३० औँ मिनेटमा विशाल राईको फ्रीकिकमा अभिशेक रिजालको प्रहारलाई जाउलाखेलका डिफेन्डरले बचाए ।

त्यसको एक मिनेटपछि मच्छिन्द्रले खेलमा अग्रता बनायो । उसका लागि विशाल राईले गोल गरे । ४० औँ मिनेटमा रेजिन शुब्बाले खाली पोस्टमा गोल गर्न सकेनन् ।

४२ औँ मिनेटमा रेजिनले नै गोल गरे तर रेफ्रीले त्यसलाई अफसाइड दिए । पहिलो हाफमा एक गोलले पछि परेको जाउलाखेलले ४८ औँ मिनेटमा बराबरी गर्ने सुन्दर मौका पाएको थियो । उसका कुबेर विष्टको फ्रिकिकमा फोडी फोफानको हेडर पोष्ट नजिकैबाट बाहिरियो ।

त्यसपछि दुवै टिमबाट अरु गोल नभएपछि मच्छिन्द्रले जाउलाखेलविरुद्ध एक(शून्यको जित निकाल्यो । जितसँगै मच्छिन्द्रले ६ खेलमा १३ अंक सहित शीर्ष स्थानमा उक्लिएको छ । जाउलाखेलको ६ खेलमा नौ अंक रहेको छ ।

Advertisement

जारी लिगमा जाउलाखेलको यो पहिलो हार हो । अब हुने दोस्रो खेलमा यदि मनाङ बराबरीमा रोकिएमा वा पराजित भएमा मच्छिन्द्र शीर्ष स्थानमा यथावत हुनेछ ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top