२६ पौष, काठमाडौं । कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा शनिबार जारी खेलमा मनाङ मर्स्याङदी क्लब र यति हिमालयन शेर्पा क्लबको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको छ ।
दशरथ रंगशालामा जारी खेलको पहिलो हाफमा मनाङले गोल गर्ने अवसर पाएर पनि सदुपयोग गर्न सकने ।
२५ औं मिनेटमा विमल रानाले मैदानमा बायाँबाट चलाखीपूर्ण क्रस गर्दा फेमि जोसुवाको वान टच प्रहारलाई शेर्पाका कप्तान मानबहादुर तामाङले क्लियर गरे ।
फेमिले विपक्षी गोलकिपर विट भैसकेको अवस्थामा प्रहार गर्न पनि सफल हुन सकेनन् ।
शेर्पाले भने मनाङको पोष्टमा खासै आकमर्ण गर्न सकेन । मनाङले आजको खेल जितेमा पुनः लिगको शीर्षस्थानमा पुनरामगन गर्नेछ ।